बीमाको किस्ता तिर्न आत्तिनु पर्दैन समितिले गर्यो यस्तो व्यवस्था

नोटबजार संवाददाता 
काठमाडौं।
११चैत्र, २०७६, मंगलवार / Mar 24, 2020 09:01:am

बीमा समिलिते कोरोना भाइरस (कोभिड १९) का कारण नेपाल सरकारले अत्यावश्यक सेवा बाहेकका अन्य सेवा बन्द गरेको भन्दै बीमा शुल्क बुझाउने समयमा सहुलियत दिएको छ ।

समितिले जीवन बीमा शुल्क बुझाउने समय थप गरेको छ। जीवन बीमा कम्पनीहरुतर्फ हाल भुक्तानी गर्नुपर्ने किस्ता भुक्तानी गर्न नसकेको कारणले बीमालेख व्यतित नहुने भएको छ । साथै उक्त बीमा शुल्क सबै सार्वजनिक सेवा सामान्य भएको १५ दिनभित्र बुझाउन सकिने व्यवस्था गरेको जनाएको छ।

यस्तै निर्जीवन बीमा कम्पनीले बीमालेख अवधी सकिएको समय अगाडि सूचित गर्नुपर्ने र बीमालेख जारी गर्दा नविकरण जुनसुकै माध्यमबाट बीमाशुल्क संकलन गर्न सक्ने व्यवस्था गरेको छ ।

कोरोना भाइरस (कोभिड १९) का कारण नेपाल सरकारले अत्यावश्यक सेवा बाहेकका अन्य सेवा बन्द गरेका कारण सो अवधिभरका लागि यस्तो व्यवस्था गरिएको समितिले जनाएको छ।


Share on:


Comments