×

कोरोना विरुद्ध जितेर फर्किँदाको त्यो विदाई र आँसु ...

-नोटबजार संवाददाता।
काठमाण्डौं।
१२चैत्र, २०७६, बुधबार / Mar 25, 2020 10:28:am

सामाजिक सञ्जालमा यतिबेला एउटा भिडिओ निकै भाईरल भईरहेको छ।

चार वटा पर्यटक बसहरुलाई ठूलो सुरक्षाबीच स्कटिङ गरेर कतै लगिदैंछ। मानिसहरुको विशाल भीड स्कटिङ गरिएको बसलाई अश्रुधार बगाउँदै बिदाईको हात हल्लाईरहेका छन्। सडकमा रहेका सुरक्षाकर्मीहरुले पनि ती बसका यात्रुहरुलाई सम्मानको सलाम ठोकेको भिडिओमा देखिन्छ ।

बाहिरी सबै माहोलले बस भित्रका यात्रुहरु भक्कानो छोडेर रुन्छन्, आँखाबाट आसुको धारा बगेको भिडिओमा देखिन्छ। गुड्दै गरेको बसको भित्रबाट यात्रुहरु आँसु बगाउँदै मायाको संकेत गरेर बिदाईको हात हल्लाउँछन्। ड्रोन, सडक र बसभित्रबाट खिचिएको २४ सेकेन्डको भिडिओ फुटेजले यतिबेला धेरैलाई रुवाएको छ।

बसमा बिदाई भएकाहरुप्रति सम्मान भाव निकै उच्च बनेको छ। सरोज घितालले २२ घण्टा अगाडि टीकटकबाट तानेर ट्वीट गरेको उत्त भिडिओ १९ हजार पटक हेरिएको छ भने साढे ४०० भन्दा बढीपटक रिट्वीट भईसकेको छ।

  • भिडिओको अन्तर्य

कोरोना संक्रमणको उद्गमस्थल चिनको हुवेवी प्रान्तस्थित वुहानबाट स्वयंसेवा गरेर फर्कीएका डाक्टर र स्वास्थ्यकर्मीको विदाईमा खिचिएको थियो उक्त भिडिओ । विश्वमा माहामारीको रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड १९ को उपचारमा जित हात पारेर फर्कीएका स्वास्थ्यकर्मीलाई चिन सरकार र स्थानीय जनताले गरेको विदाई थियो त्यो ।

विश्वका १९७ देशमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ । चीनबाट सुरु भएको यो भाइरसले अहिले युरोपलाई केन्द्र बनाएको छ । चीनको हुबेई प्रान्तको वुहान सहरबाट फैलिएको कोभिडले अहिलेसम्म संसारभर १८ हजार ९०७ भन्दा बढीको मृत्यु भइसकेको छ । चीनमा मात्रै ३ हजार २८१ जनाको मृत्यु भईसकेको छ ।

  • तिनै ४० हजारभन्दा बढी डाक्टर र नर्स हुन बिदाई हुने

सुरुवातमा १५ जनाबाट संक्रमण ८० हजार नाघेपछि चीनमा स्वास्थ्य सामग्रीको अभाव भयो । डाक्टर र स्स्वास्थ्य क्षेत्रमा काम गर्ने कर्मचारीको पनि चरम अभाव देखियो । यो अभाव पूर्ति गर्न चीनले आफ्ना अन्य प्रान्तबाट वुहानमा डाक्टर पठाउन सुरु ग¥यो ।

कोरोनाको इपिसेन्टर वुहानमा चीनका विभिन्न प्रान्तबाट ४० हजारभन्दा बढी डाक्टर र नर्स आए । झण्डै दुई महिना २४ घण्टा खटेर वुहानलाई कोरोना बिरुद्धको जित दिलाउने तिनै महान भगवानलाई विदाई गरिएको क्षणको थियो उक्त भिडिओ। उपचार क्रममा केही चिकित्सकले समेत ज्यान गुमाएको वुहानमा आफू मर्न तयार भएर जनता बचाउने चिकित्सकको बिदाई यतिबेला संसारभर प्रशंसा र सम्मानको विषय बनेको छ।

भिडिओ हेर्नुहोस्:-



Share on:


Comments