×

महामारीका रुपमा फैलिरहेको कोभिड १९ बाट बच्न के के कुरामा ध्यान दिने ?

Note Bazar १२चैत्र, २०७६, बुधबार / Mar 25, 2020 11:03:am

चीनको वुहान प्रान्तबाट संक्रमण सुरु भइ विश्वका १८८ भन्दा बढी मुलुकमा तिब्र गतिमा फैलिएको कोरोना भाइरस (COVID 19) को उच्च जोखिममा नेपाल पनि परेको छ ।

हालसम्म नेपालमा एक जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । विश्व स्वास्थ्य संगठनले पनि नेपाललाई कोरोना भाइरसको उच्च जोखिमको क्षेत्रमा राखिसकेको छ ।

यसै सन्दर्भमा नेपाल सरकारले कोरोना भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गर्दै राजपत्रमा समेटिएका अत्यावश्यकीय सेवा बाहेकका सेवालाई बन्द गर्ने निर्णय गरिसकेको छ ।

सम्भावित उच्च जोखिमलाई मध्यनजर गर्दै सरकारले सर्वसाधारणलाई अत्यावश्यक काम नपरी घर बाहिर ननिस्किन आग्रह गरिरहेको छ । यस्तो अवस्थामा नेपालमा कोरोना भाइरसको संक्रणम फैलन नदिनका लागि आवश्यक ध्यान पुर्याउनु तपाई हामी सबैको कर्तव्य हो ।

कोरोना भाइरसको संक्रमण नदेखिएको अवस्थामा पनि उच्च सतर्कता अपनाउँ । यदि संक्रमण देखिइहालेको अवस्थामा पनि के कसरी सावधानी अपनाउने ? केही जानकारीहरु :


कोरोना भाइरस (COVID 19) का लक्षणहरु

- १००.४ डिग्री फरेनहाइटभन्दा धेरै ज्वरो आउनु
- खोकी लाग्नु,
- सिँगान बगिरहनु
- घाँटी सुक्नु र दुख्नु
- थकान महसुस हुनु
- छिटोछिटो सास फेर्नु
- सास फेर्न गाह्रो हुनु
- वान्ता हुनु
- लगातार टाउको दुख्नु
- जटिल अवस्थामा स्वासप्रस्वासको समस्या बढ्न गइ मृत्यू समेत हुन सक्छ ।

 

कोरोना भाइरस (COVID 19) कसरी सर्छ ?

- नाकबाट निस्किने सिँगानबाट
- फोहोर हातबाट
- राम्ररी नपकाएको मासुजन्य खाद्यान्नका साथै तरकारीबाट
- संक्रमित व्यक्तिसँगको सम्पर्कबाट
- घर, कार्यालयमा रहेका प्लाष्टिक तथा धातुबाट पनि संक्रमण फैलिन सक्छ

 

कोरोना भाइसर (COVID 19) को संक्रमणबाट बच्न के गर्ने ?

- नियमित रुपमा साबुन पानी तथा गूणस्तरीय स्यानिटाइजरले हात सफा गर्ने
- खोक्दा वा हाच्छिउँ गर्दा मुख छोप्ने
- माछा, मासु अण्डा तथा तरकारी राम्रोसँग पकाएर खाने
- बाहिरको खाने कुरा नखाने
- भिडभाडमा नजाने
- कोरोना भाइरस लागेको लक्षण देखिएका मानिसदेखि टाढा बस्ने
- सार्वजनिक यातायात चढ्दा, भीडभाँडमा जाँदा पञ्जा तथा मास्क लगाउने
- मदिरा सेवनलाई सिमित गर्ने
- धूम्रपान नगर्ने
- गुलियो पेय पदार्थ नपिउने
- शारीरिक व्यायम गर्ने
- मानसिक स्वास्थ्यमा ख्याल गर्ने



Share on:


Comments