अख्तियारका पदाधिकारीले कोरोना कोषमा १५ दिनको तलब जम्मा गर्ने

नोटबजार संवाददाता।
काठमाडौं।
१५चैत्र, २०७६, शनिबार / Mar 28, 2020 15:48:pm

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीले सरकारले स्थापना गरेको ‘कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ मा १५ दिनबराबरको तलब जम्मा गर्ने भएको छ ।

आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले आज जारी गरेको विज्ञप्तिअनुसार कोरोना भाइरसको विश्व महामारीको वर्तमान अवस्थामा कोरोना सङ्क्रमणको रोकथाम, नियन्त्रण र उपचारका लागि सहयोग पु¥याउन आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरे, आयुक्त डा गणेशराज जोशी र आयुक्त डा सावित्री थापा गुरुङले आफ्नो १५ दिन बराबरको तलब जम्मा गर्ने निर्णय गरेका छन् ।

उनीहरुले शुरु तलब स्केलको १५ दिनको तबल सरकारले स्थापना गरेको कोषमा जम्मा गर्ने निर्णय गरेको बताइएको छ ।

त्यस्तै आयोगमा कार्यरत सचिवलगायतका कर्मचारीको हकमा नेपाल सरकारको सचिव बैठकको निर्णयबमोजिम तलब कोषमा जम्मा गर्ने निर्णय भएको प्रवक्ता कोइरालाले जानकारी दिए ।



Share on:


Comments