अमेरिकाको कोरोना राहात प्याकेजः ठूला उद्योगले ५ सय र साना व्यवसायले ३६७ अर्ब डलर सहुलियत ऋण पाउने

एजेन्सी।
काठमाडौं।
१५चैत्र, २०७६, शनिबार / Mar 28, 2020 08:18:am

कोरोना प्रकोपविरुद्ध दुई खर्ब डलरको आपत्कालीन राहत प्याकेजलाई अमेरिकी राष्टपतिले स्वीकृत गरेका छन् ।

अमेरिकी इतिहासकै सर्वाधिक ठूलो राहत प्याकेजले रोजगारी गुमाएका नागरिक र बन्द भएका उद्योग तथा व्यासायलाई राहात मिल्ने अमेरिकाको दाबी छ ।

कोरोनाले अर्थ व्यवस्थामा परेको संकट चिर्न ल्याइएको उक्त राहात प्याकेजले व्यवसायलाई सहुलियत दरमा ऋण प्रदान गर्नेछ ।

बीबीसीका अनुसार कुल बिनियोजनको ५ सय अर्ब डलर ठूला उद्योग तथा व्यवसायलाई सहुलियत ऋणका लागि हुनेछ ।

यस्तै साना व्यवसायमा संलग्नका लागि ३६७ अर्ब डलर विनियोजन गरिने छ । राज्य तथा स्थानीय सरकारका लागि भनेर १३० अर्ब डलर रकम छुटट्याईएको छ । यस्तै कमजोर आर्थिक अवस्था भएका परिवारका लागि राहत दिन अर्था नगद चेक प्रदान गर्न २५० अर्ब डलर विनियोजन गरिएको छ ।


Share on:


Comments