कोरोना माहामारी: पछिल्लो २४ घण्टामा ३५ सय मानिसको ज्यान लियो, अत्याधिक प्रभावित मुलुक बन्यो अमेरिका

नोटबजार संवाददाता।
काठमाडौं।
१६चैत्र, २०७६, आईतवार / Mar 29, 2020 06:44:am

कोरोना माहामारीका कारण पछिल्लो २४ घण्टामा विश्वभर ३ हजार ५०७ जनाको गएको छ । संक्रमणको उच्चदर र बढ्दै गएको मृतक संख्याले अमेरिका सबैभन्दा बढी प्रभावित मुलुक बनेको छ ।

अमेरिका, इटाली, स्पेन, बेलायत र फ्रान्स जस्ता शक्तशाली मुलुकमै पछिल्लो एक दिनमा २८ सय २७ जाको कोरोनाका कारण मृत्यु भएको छ । इटालीमा ८८९ जना, स्पेनमा ८४४, अमेरिकामा ५१५, फ्रान्स ३१९ बेलायतमा २६० जनाले ज्यान गुमाएका छन् ।

यूरोप र अमेरिका पछि एक दिन ठूलो संख्यामा मानिसको मृत्यु इरानमा भएको छ । पछिल्लो २४ घण्टामा इरामा १३९ जनाले ज्यान गुमाएका छन् ।

विश्वका  १९९ मुलुक र दुई वटा पानी जाहाजमा गरे हालसम्म (चैत १६ गते आइतबार बिहानसम्ममा) ६ लाख ६२ हजार ९६७ जना मानिस कोरोना संक्रमित भएका छन् । जसमध्ये ३० हजार ८५१ जनाले ज्यान गुमाएका छन् भने एक लाख ४१ हजार ९५३ जना रोग निको भएर घर फर्कीएका छन् ।

कुल संक्रमित मध्ये एक लाख २३ हजार ४२८ जना अमेरिकीहरु मात्रै छन् । संक्रमणको उद्गम थलो चिनमा पछिल्लो २४ घण्टामा ५ जनाको मृत्यु भएको छ भने जम्मा ४५ वटा नयाँमिरामी फेला परेका छन् ।



Share on:


Comments