भारतमा कोरोना संक्रमित संख्या हजार नजिक, मृतक संख्या पनि बढ्दै

Note Bazar १६चैत्र, २०७६, आईतवार / Mar 29, 2020 07:52:am

भारतमा कोरोना संकमण हुनेको संख्या बढ्दै गएको छ ।

भारतमा कोरोनाका कारण आइतबार दिउँसो सवा १ बजेसम्म २५ जनाले ज्यान गुमाएका छन् भने संक्रमित संख्या ९ सय ८७ पुगेको छ । हालसम्म संक्रमण निको भएर ८७ जना घर फर्कीएको भारतीय स्वास्थ्य मन्त्रालयल जनाएको छ । ८७५ जनामा हालसम्म पनि संक्रमण कायमै रहेको छ। 

भारतमा १५ फेब्रुअरीमा पहिलो पटक विदेशबाट आएका ३ जनामा कोरोना देखिएको थियो ।



Share on:


Comments