नेपाल उद्योग परिसघंले सरकारलाई पीपीई र मास्क सहयोग गर्यो

Note Bazar १६चैत्र, २०७६, आईतवार / Mar 29, 2020 07:30:am

नेपाल उद्योग परिसंघले सरकारलाई सय थान व्यक्तिगत सुरक्षा उपकरण र ७५ हजार थान मास्क दिएको छ ।

स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई शनिबार उक्त सहयोग सामाग्री हस्तान्त्ररण गरेको परिसंघका अध्यक्ष सतिशकुमार मोरले जानकारी दिए ।

नेपालमै बनेको मास्क र विदेशबाट आयात गरिएको व्यक्तिगत सुरक्षा उपकरण सरकारलाई दिएको अध्यक्ष मोरले बताए ।


Share on:


Comments