इन्धनको मूल्यमा भारी कटौती

-नोटबजार संवाददाता।
काठमाण्डौं।
१९चैत्र, २०७६, बुधबार / Apr 01, 2020 19:27:pm

नेपाल आयाल निगम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्यमा भारी कटौती गरेको छ ।

निगम सञ्चालक समितिको चैत १९ गते बुधबार सम्पन्न बैठकले पेट्रोल डिजेल, र मट्टितेलको मूल्य प्रतिलिटमा १० रुपैयाँले घटाएको हो । यस्तै हवाई इन्धनको मूल्य पनि आन्तरिकतर्फ प्रतिलिटर १५ रुपैयाँले घटाउन निर्णय गरेको छ। घटाइएको नयाँ मूल्यदर बुधबार राती १२ बजेबाट लागू हुनेछ।

मूल्य समायोजन पश्चात डिजेल र मट्टीतेलको उपभोक्ता मूल्य प्रतिलिटर ८५ रुपैयाँ, पेट्रोलको प्रतिलिटर ९६ रुपैयाँ र हवाई इन्धन आन्तरिक तर्फ ७५ रुपैयाँ प्रतिलिटर कायम गरिएको छ ।

यस्तै हवाई इन्धर बाह्यतर्फको प्रतिलिटर मूल्य भने अमेरिकी डलर ०.९५ प्रतिलिटर कायम गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यले बताए । एल.पी.ग्याँसको हालको मूल्य यथावत नै राखिएको छ।

विश्व बजारमा तेलको मूल्यमा आएको गिरावटसँगै भारतीय आयल कर्पोरेसनले घटाएर पठाएको नयाँ मूल्यअनुसार नेपालमा पनि नयाँ मूल्य निर्धारण गरिएको हो।



Share on:


Comments