महालक्ष्मी विकास बैंकद्धारा ज्यालादारी गर्ने श्रमिकका लागि खाद्यान्न बितरण

Note Bazar २०चैत्र, २०७६, बिहीबार / Apr 02, 2020 13:25:pm

महालक्ष्मी विकास बैंकले लकडाउनका कारण दैनिक ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका श्रमीकहरुलाई राहतस्वरुप खाद्यान्न बितरण गरेको छ ।

बैंकले चार लाख रुपैंया बराबरको खाद्यान्न सामाग्री महानागरीय प्रहरी कार्यालय रानीपोखरीलाई हस्तान्तरण गरेको छ । उक्त खाद्यान्न बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले प्रहरी नायव महानिरिक्षक विश्वराज पोखरेललाई हस्तान्तरण गरेका हुन् ।

उक्त सहयोगले असहज परिस्थितिमा श्रमीकहरुलाई जीवनयापन गर्न मद्दत पुग्ने विश्वास बंैकले लिएको छ । बैंकले यस विषम परिश्थितिमा सम्पुर्ण जनतालाई घरभित्रै बसेर कोरोना संक्रमणबाट आफु बच्न र अरुलाई पनि बचाउन अनुरोध समेत गरेको छ ।


Share on:


Comments