सनराइज बैंकका ग्राहकलाई फूडमन्डुबाट सामान अर्डर गर्दा १० प्रतिशत छुट

नोटबजार संवाददाता।
काठमाडौं।
१६बैशाख, २०७७, मंगलवार / Apr 28, 2020 17:39:pm


सनराइज बैंकले आफ्ना ग्राहकहरुलाई घरमै बसेर सामान खरिद गर्दा विशेष छुट दिने व्यवस्था गरेको छ ।

बैंकले हालको लकडाउनको अवस्थामा पनि फूडमन्डुमा माग गरिएको अर्डरका लागि सनराइज बैंककको डेबिट/क्रेडिट कार्ड तथा क्यूआर कोडद्वारा प्रयोग गरी सामान खरिद गर्ने प्रत्येक ग्राहकलाई १० प्रतिशत वा ५०० रुपैयाँसम्म नगदफिर्ता प्रदान गर्ने जनाएको छ ।

यो अफर लकडाउन अवधीसम्म काठमाण्डौ उपत्यकाभित्र मात्र मान्य हुने बताइएको छ ।

घरमा नै सुरक्षित बसी डिजिटल बैंकिगं सुविधाको उपभोग गर्न बैंकले ग्राहकहरुलाई आग्रह गरेको छ ।

साथै बैंकले ग्राहकको सहजतालाई ध्यानमा राख्दै देशव्यापी एटिएम नेटवर्क,अनलाइन बैंकिङ्ग सेवाका साथै केहि नगद काउन्टर, रेमिटयान्स सेवाहरु सुचारु राख्दै आएको जनाएको छ।

 


Share on:


Comments