पचासौं दिनमा खुलेको शेयरबजारमा एउटा कम्पनीको पनि मूल्य बढेन

नोटबजार संवाददाता।
काठमाडौं।
३०बैशाख, २०७७, मंगलवार / May 12, 2020 11:53:am

लकडाउन कारण डेढ महिना बन्द शेयर बजार खुल्दा शेयर बिक्रीको अधिक चाप देखिएको छ । जसले गर्दा कारोबारमा आएका सबै कम्पनीको शेयर मूल्य घटेको छ।

लगानीकर्ताको निरन्तरको दबाबपछि खुलेको बजारमा कारोबार पनि न्यून भएको छ । जति कम्पनीको कारोबार भएको छ । सबैको मूल्य घटेको छ । यसदिन एउटा पनि कम्पनीको मूल्य बढ्न सकेन्।

पौनै १२ बजेसम्मको कारोबारमा एउटा पनि कम्पनीको मूल्य बढेको छैन् ।सबै समूहका सूचक नकारात्मक रहादा जीवन बीमा र बैंकिङ सूचक धेरै घटेका छन्।

नेप्से सूचन दु्ई प्रतिशत भन्दा माथि नघटेमा बजार एक बजेसम्म खुल्नेछ । अहिलेसम्म नेप्से सूचक १.४३ प्रतिशत अर्थात करिब १८ अंकले घटेर १२३३ मा झरेको छ । यस अवधिमा ५३ कम्पनीको दश करोड बढीको कारोबार भएको छ।

सरकारले चैत ११ गतेबाट लकडाउन गरेपछि शेयर बजार बन्द थियो।


Share on:


Comments