बैंकर मनोज ज्ञवालीको नजरमा नीति तथा कार्यक्रममा समेटिएका आशा जगाउने र खड्किएका प्रमुख बुँदाहरु

-नोटबजार संवाददाता।
काठमाण्डौं।
३जेष्ठ, २०७७, शनिबार / May 16, 2020 23:35:pm

बैंकर तथा ज्योति विकास बैंकका निवर्तमान प्रमुख कार्यकारी अधिकृतले सरकारको आ.व. २०७७/७८ को नीति तथा कार्यक्रममा केहि आशा जगाउने प्रमुख बुँदाहरु पहिचान गरेका छन्।

शुक्रबार राष्ट्रपतिद्वारा अबको कार्यदिशा सुदृढ स्वास्थ्य पूर्वाधार निर्माण, शिक्षा, रोजगारी र आर्थिक पुनरुत्थान हुने गरि ६३ पेज अनी २७६ बुँदाबाट ज्ञवालीको नजरमा परेका आशा जगाउने प्रमुख निम्नानुसार छन् :-

#कृषि उत्पादन लाई आधुनिकीकरण गरी दश बर्षमा दोब्बर गर्ने लक्ष्य।
#आर्थिक क्रियाकलाप, कृषि तथा औधोगिक उत्पादन, रोजगारी सिर्जना, उत्पादनशील क्षेत्र , विकास निर्माण कार्य र सामाजिक जनजीवनमा थप क्षति हुन नदिई सुचारु गरी तीव्रता दिने।
#रोजगारी गुमाएका नागरिकहरुको सदुपयोगीता गर्ने, रोजगारी सिर्जना गर्ने र आत्मनिर्भर अर्थतन्त्रको विकास गर्ने।
#फजुल खर्च रोक्नु, वित्तीय अनुशासन अनुशासन कायम गर्ने।
#रोजगारी तथा रोजगारमुलक क्षेत्रमा लगानी केन्द्रित गर्ने।
#अस्पतालहरुको क्षमता र स्तर संख्या तोकेरै बृद्दि गरिने लक्ष्य लिएको छ।
#हरेक नागरिकलाई सहज र सरल एम्बुलेन्स सेवा दिने, राष्ट्रिय स्वास्थ्य प्रत्यायन प्रतिष्ठान बनाउने।
#बिकास निर्माण र सामाजिक सेवा को क्षेत्रमा विशेषज्ञ जनशक्ति तयार पार्न उच्च शिक्षा अध्ययन को ब्यबस्था गर्ने।
#नवप्रवर्तनकारी युवा, उधमी तथा बिदेशबाट फर्केको युवालाई उधमी शुरु गर्न सुरुवात पुजी उपल्ब्ध गराईने छ।
#कृषि योग्य भूमि को पुर्ण उपयोग गरिनेछ। क्षमता अनुसन्धान गरी बढि आयमुलक र सम्मानित पेशा क्षमतालाई बनाउने छ। उत्पादनमुलक गुणसूत्र र नियमन प्रभावकारी बनाउने । आन्तरिक उत्पादन लाई प्रोत्साहन गरिनेछ।
#जड़ी-बूटी प्रशोधन उधोग प्रदेश स्तरमा बनाईने।
#8 स्थानमा औधोगिक क्षेत्र स्थापना गर्ने।
#वाटर एम्बुलन्स शुरु गर्ने।
#मेलन्ची अर्को बर्ष सम्म सम्पन्न हुने।
#पुर्व-पश्चिम राजमार्ग ट्रम्पको द्रुतमार्गको रुपमा विकास गर्ने।
#सुरुङ्ग मार्गहरु बनाउने र सडकहरु स्तरोन्नती गर्ने।
#जलस्रोतको योजनाबद्द एवं बहुआयामीक उपयोग निति कार्यान्वयन गर्ने।
#वित्तीय सवारी प्रवर्धन गर्ने र देशभर चार्जीङ स्टेसन बनाउने।
#दुई क्षेत्र सबै सरकारी कारोबार नगद रहित बनाउने।
#तीन बर्ष भित्र सबै नेपालीहरु राष्ट्रिय परिचय पत्र दिने।
#खेलकुद पुर्वाधार निर्माण र प्रबर्धन ।
#निर्माण व्यावसायीसंग भए अनुसारको कार्यसम्पादन भएमा
#ठेक्का दिने पदाधिकारी लाई नै जिम्मेवार बनाउने र परामर्शदाता समेतलाई जिम्मेवार बनाउने।
#न्याय प्रणाली छिटो छरितो बनाउने।
#राष्ट्रिय योजना आयोगलाई बिकास नीति,कार्यक्रम र मूल्यांकन तथा अनुसन्धानमा केन्द्रित गर्ने।
#नेपालको सम्पुर्ण भूमि समेटेर नेपालको नक्शा सार्वजनिक गरिने।

यसरी पेश भएको नीति तथा कार्यक्रम मा केहि कुरा धेरै खड्किए:

#कोरोना प्रभावित व्यबसायीहरुलाई कसरी उद्दार गर्ने? यो सम्बन्धमा कुनै निती या कार्यक्रम प्रष्टसंग आएन।
#गत बर्षको निति तथा कार्यक्रम को समिक्षा विनाश नै सरकारको गुणगान यत्र-तत्र देखिन्छ।
#राजनैतिक स्थिरता नै सबै हो जस्तो लिखियो। सही हो तर संख्या स्थीरता देखेका छन, व्यवहार तथा नितिमा स्थायित्व र स्थिरता अनुभूति नागरिक हरुले गरेका छैनन।
#सरकारले महत्वपुर्ण उपलब्धी हासिल गरिसकेको लेखिनुले सरकार सुध्रीनेवाला छैन भन्ने प्रष्ट हुन्छ।
#सडक मगन्तेरहित भएका छन भनेर सीधै लेखियो। लकडाउनको बेला भन्न खोजेको भए ठिक हो।
#गत बर्ष हरेक स्थानीय निकायमा न्युनतम 15 सैयाकोको अस्पताल बनाउने भन्ने निति अहिले 5 देखि 15 सैयाको भएछ।
#रेलमार्ग र पानीजहाज फेरी पनी छुटेनन। प्राथामिकता र कल्पना को द्वन्द पुरै निति तथा कार्यक्रम मै देखियो।

शब्दहरु एक से एक छनौट गरेर साहित्यिक हिसाबले राखिएका र कर्णप्रिय छन। 'सुखी नेपाली, समृद्द नेपाल' संगै अब 'निरोगी नेपाल' बोल्ड अक्षर मै थपिएको छ। नीति तथा कार्यक्रम भरी बोल्ड गरेर नारा नै नारा राखिएका छन। भ्रष्टाचार नै भ्रष्टाचार का काण्डहरु छताछुल्ल हुँदा पनी सरकारले 'म भ्रष्टाचार गर्दिन, म भ्रष्टाचार हुन दिन्न, म देश र जनताकालागी ईमान्दार भएर काम गर्नेछु' भन्ने नारालाई बोकी नै रहेकाले खुशी नै लागेको छ।

यो नीति तथा कार्यक्रम नसमेटेको कुनै कुरा छैन तर धेरै कार्यक्रमहरु आशा जगाउने र भाषा कुनै मिलाएर लेख्ने हिसाबले राखिएका छन। राम्रो साहित्यकार ले यसको शब्द शब्द मिलाएर राखेको झै देखिन्छ। पढ्दा लाग्छ की कुनै यस्तो समस्या छैनन जो सरकारलाई थाहा छैन तर समाधान कसरी गर्ने भन्ने नीति धेरै ठांउमा प्रष्ट छैनन। सरकार प्राथमिकता र सपनामा मध्य कुन कुरामा फोकस हुने भन्ने कुरामा दोधारमा छ भन्ने प्रष्ट हुन्छ।सरकारको निति तथा कार्यक्रम मा सबै कुरा समेटिएका छन तर यसको कार्यन्वयनको अबस्था विश्वसनीय देखिदैन।

लेखेका सबै कुराहरुलाई कार्य योजना, त्यसको समयाबधी, जिम्मेवारी र लागत सम्बन्धमा विस्तृत छलफल गरी व्यवहारमा उतारना सकियो भने ' सुखी नेपाली, समृद्ध नेपाल' को सपना छिटो नै पुरा हुन्छ। शब्द जाल, साहित्यिक विलास र सुन्दर कल्पना मात्रै हो भने पहिलेको जस्तै सुनियो अनी सकियो।

जय होस, शुभ होस!!



Share on:


Comments