किसान माइक्रोफाइनान्स सञ्चालन नोक्सानीमा, खराब कर्जा बढ्दा नाफामा भारी गिरावट

-नोटबजार संवाददाता।
काठमाण्डौं।
५जेष्ठ, २०७७, सोमबार / May 18, 2020 09:58:am

किसान माइक्रोफाइनान्स वित्तीय संस्था (KMFL) को खुद नाफामा ७२ प्रतिशतको भारी गिरावट आएको छ।

लघुवित्तले चैत मसान्तसम्ममा ३६ लाख ७६ हजार रुपैयाँ मात्र नाफा गरेको छ। जबकी गत आवको यसै अवधिमा कम्पनीले १ करोड ३२ लाख ७५ हजार खुद नाफा गरेको थियो।

कोरोना संक्रमणको कारण सरकारले गरेको लकडाउनको प्रभाव परी कर्जा असुली प्रभावित बन्दा कम्पनीको नाफामा देखिएको हो। गत आवको यसै अवधिमा १.३७ प्रतिशत रहेको लघुवित्तको खराब कर्जा अनुपात ५.०१ प्रतिशतमा पुगेको छ।

खराब कर्जा बढ्दा लघुवित्तको सम्भावित जोखिम शिर्षकमा १ करोड ७३ लाखभन्दा बढी रकम छुट्याएको छ । गत आवमा यस्तो रकम ९२ लाख रहेको थियो।

कर्मचारी खर्च र अन्य सञ्चालन खर्च समेत बढेको कम्पनीमा खराब कर्जामा उल्लेख्य वृद्धिले कम्पनीले ३२ लाख १९ हजार सञ्चालन घाटा व्यहोरेको छ । गत आवमा कम्पनी १ करोड ८५ लाख नाफामा थियो।

यस अवधिमा ८९ लाख ९६ हजार खराब कर्जा उठाएको कम्पनी सञ्चालन घाटालाई चिर्दै मुनाफामा पुगेको हो।

चुक्ता पूँजी १० करोड ६६ लाख ८ हजार रहेको लघुवित्तको प्रतिशेयर आम्दानी ५.७० रुपैयाँमा संकुचित बनेको छ। कम्पनीको जगेडा कोष पनि ३२ लाख घटेर २ करोड २ लाखमा आउँदा प्रतिशेयर नेटवर्थ १४७.५१ रुपैयाँ र मूल्य आम्दानी अनुपात १४५.६४ गुणा रहेको छ।

चैतसम्म ४३ करोड ८२ लाख बढी निक्षेप संकलन र १ अर्ब २ करोड ८० लाखभन्दा बढी कर्जा सापटी लिएर लघुवित्तले १ अर्ब ४८ करोड ५७ लाख कर्जा प्रवाह गरेको छ ।

कम्पनीले खुद ब्याज आम्दानी समेत ११ लाख घटेर ५ करोड ३८ लाखमा संकुचित बनेको छ भने अन्य सञ्चालन आम्दानी समेत ९१ लाख घटेर २ करोड ३७ लाख मात्र कमाएको छ। समीक्षा अवधिमा कर्मचारीको लागि ४ करोड ५९ लाख खर्च गरेको उक्त कम्पनीले १ करोड ७६ लाख अन्य सञ्चालन खर्च गरेको छ ।

एनआरएन लघुवित्त वित्तीय संस्था लिमिटेडमा मर्जर हुने सम्झौता गरेको यस लघुवित्तसँगै काभ्रेको दिव्य लघुवित्त वित्तीय संस्थालाई पनि एनआरएनले गाभ्नेछ।

तीन लघुवित्त समान हैसियतामा मर्जरमा जाने
 



Share on:


Comments