प्राइम लाइफको नाफा ११.८६% बढ्यो, २२३ करोड खुद बीमाशुल्क संकलन

-नोटबजार संवाददाता।
काठमाण्डौं।
९जेष्ठ, २०७७, शुक्रबार / May 22, 2020 10:13:am

प्राइम लाइफ इन्स्योरेन्स (PLIC) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १८ करोड ३० लाख ९२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ११.८६ प्रतिशत अर्थात १ करोड ९४ लाख १२ हजार रुपैयाँ बढी हो

चैत मसान्तसम्ममा कम्पनीको खुद बीमा शुल्क १ अर्ब ८७ करोड ३ लाख ५६ हजार रुपैयाँबाट बढेर २ अर्ब २३ करोड ७५ लाख ८० हजार रुपैयाँ पुगेको छ।

२ अर्ब ७९ लाख ३९ हजार चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको प्रतिशेयर आम्दानी १२.१६ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १५९.०६ रुपैयाँ र मूल्य आम्दानी अनुपात ४१.०३ गुणा रहेको छ।

समीक्षा अवधिमा कम्पनीको इन्स्योरेन्सको जीवन बीमा कोषको आकार ८ अर्ब १४ करोड ७६ लाखबाट जीवन बीमा कोषको आकार ३०.८४ प्रतिशतले बढेर १० अर्ब ६६ करोड ६ लाख रुपैयाँ पुगेको छ। महाविपत्ती कोष १० करोडबाट १२ करोड १६ लाख रुपैयाँमा वृद्धि भएको छ। त्यसैगरी, जगेडा कोषको आकार १ अर्ब ११ करोडबाट १ अर्ब ५ लाखमा घटेको छ।

इन्स्योरेन्सले ९ अर्ब ४९ करोड ९७ लाख रुपैयाँ दीर्घकालीन र २ अर्ब ९६ करोड रुपैयाँ अल्पकालीन लगानी तथा कर्जा प्रवाह गरेको छ। त्यसैगरी, इन्स्योरेन्सले बीमालेख धितोमा १ अर्ब १७ करोड ५१ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।

यसबाट कम्पनीले लगानी तथा कर्जाबाट ६ करोड ५२ लाख तथा ५ करोड ७२ लाख रुपैयाँ आम्दानी गरेको छ। चैतसम्म ४५ करोड ३२ लाखको खुद दाबी भुक्तानी गरेको छ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा इन्स्योरेन्सले १ हजार ९३६ दाबीबापत ५० करोड ३६ लाख रुपैयाँ भुक्तानी गरेको छ भने ४३ दाबीबापतको १ करोड २९ लाख रुपैयाँ भुक्तानी हुन बाँकी रहेको छ।

हालसम्म इन्स्योरेन्स कम्पनीले ३ लाख ३४ हजार बीमालेखबाट २ अर्ब २६ करोड ६ लाख रुपैयाँ कूल बीमाशुल्क संकलन गरेको छ । समीक्षा अवधिमा कूल बीमा शुल्क पनि १९.६३ प्रतिशत बढेको हो। गत आवको यसै अवधिमा कम्पनीले ४ लाख ९२ हजार बीमालेखबाट १ अर्ब ९४ करोड २६ लाख कूल बीाशुल्क संकलन गरेको थियो।



Share on:


Comments