अमेरिकामा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९६ हजार नाघ्यो

एजेन्सी ।
काठमाडौं।
९जेष्ठ, २०७७, शुक्रबार / May 22, 2020 06:56:am

अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या उच्च रहेको छ ।

वल्र्ड कोरोना मिटरका अनुसार बितेको २४ घण्टामा एक हजार ४ सय १८ जनाको मृत्यु भएको छ भने २८ हजार १७९ नयाँ संक्रमित थपिएका छन् । यो आँकडा अरु देशको तुलनामा निकै उच्च रहेको स्वास्थ्य अधिकारी बताउँछन् ।

शुक्रबार विहानसम्म अमेरिकामा कोरोनाबाट १६ लाख २० हजार ९०२ संक्रमित रहेका छन् भने ९६ हजार ३ सय ५४ जनाको मृत्यु भएको छ ।

३ लाख ८२ हजार १६९ संक्रमित उपचारपछि डिस्चार्ज भएका छन् । पछिल्लो २५ घण्टामा अमेरिकामा एक हजार ४१८ जनाको निधान भएको छ।

अमेरिका कोरोेनाबाट सबैभन्दा प्रभावित देश हो ।



Share on:


Comments