आइएमई लाइफको ६० करोडको आईपीओलाई ग्रेड ४ रेटिङ

नोटबजार संवाददाता।
काठमाडौं।
९जेष्ठ, २०७७, शुक्रबार / May 22, 2020 19:06:pm

आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले निष्कासन गर्न लागेको आईपीओलाई केयर रेटिङ नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ ।

कम्पनीले ६० लाख कित्ता आईपीओ निष्कासन गर्नको लागि रेटिङ गराएको हो। ग्रेड ४ रेटिङले कम्पनीको आधारभूत पक्ष औषतभन्दा तल रहेको देखाउँछ ।

चुक्तापूँजी १ अर्ब ४० करोड रहेको कम्पनीको आईपिओपछि चुक्तापूँजी २ अर्ब पुग्छ।

आईपीओ जारी गर्न कम्पनीले सिभिल क्यापिटललाई बिक्री प्रबन्धक तोकेको छ।



Share on:


Comments