साउदी अरबमा कोरोनाबाट ७ नेपालीको मृत्यु, झण्डै १४ सय संक्रमित

एजेन्सी।
काठमाडौं।
९जेष्ठ, २०७७, शुक्रबार / May 22, 2020 07:04:am

विश्वव्यापी महामारी कोरोना भाइरसबाट साउदी अरबमा ७ नेपालीको मृत्यु भएको छ।

बिहीबारसम्म कोरोना संक्रमणका कारण ७ जनाको मृत्यु भएको हो । कोरोनाबाट १ हजार ३ सय ६४ नेपाली संक्रमित भएका छन् भने संक्रमित हुने महिलाको संख्या १७ पुगेको छ ।

संक्रमित नेपालीहरुमा राजधानी रियाद क्षेत्रमा २ सय ९९ जना, पूर्वी क्षेत्रमा ६ सय ९५, कसिम क्षेत्रमा १९ जना, अन्य क्षेत्र ३ र दूतावासले हेर्ने क्षेत्रमा १ हजार १६ जना संक्रमित भएका छन् ।

त्यस्तै जेद्दा क्षेत्रमा १७६, मक्कामा ६५, मदिनामा ७२, जाजान क्षेत्रमा ३३ र ताबुकमा २ जना गरी ३४८ जना संक्रमित भएका दूतावास रियादले जनाएको छ।



Share on:


Comments