दिल्ली–बैंग्लोरको हवाई यात्रामा पाँच वर्षे बालकको एकल यात्रा’

रासस
१४जेष्ठ, २०७७, बुधबार / May 27, 2020 11:30:am

सोमबारदेखि आन्तरिक उडान सुरु गरेको भारतमा उडान मार्फत विभिन्न गन्तब्य जाने यात्रुहरूको सङ्ख्या ५८ हजार ३१८ पुगेको भारतीय उड्ययन प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार सोमबार देशका विभिन्न स्थानबाट कूल ८३२ उडान गरिएको थियो ।

सोमबारका उडानहरूमध्ये एउटा यस्तो उडान भएको छ ।जसमा एक पाँच वर्षका बालकले एकल हवाई यात्रा गरेका छन् ।

तीन महिनादेखि दिल्लीमा फसेका पाँच बर्षीय बालक बिहान शर्माका लागि सोमबार दिल्ली –बैंग्लोरको यात्रा आफ्नी आमासँग भेट गर्ने अनौठो संयोग बनेको हो । परिवारबाट टाढा रहेका शर्मा दिल्लीमा आफन्तकहाँ बस्दै आएका थिए ।

बैंग्लोरमा शर्माकी आमाले उनलाई रिसिभ गरेकी थिइन्। सोमबार जब विहान बैंग्लोर एयरपोर्टमा पुग्दा उनकी आमा छोराको प्रतिक्षा गरिरहेकी थिइन्। उनले एएनआईसँग कुरा गर्दै छोरा दिल्लीबाट आएको जहाजमा एक्लै आएका विमानका कर्मचारीले आफुलाई बताएको जानकारी गराइन्।

एएनआईले एकल यात्रा गर्ने ती बालकको हातमा विशेष श्रेणीको कार्ड बोकेको तस्वीरलाई सार्वजनिक गरेको छ।

बिहान शर्मा केही दिनको छुट्टीमा दिल्लीमा रहेका आफ्ना हजुरबुवा र हजुर आमालाई भेट्न गएका समय लकडाउन भएपछि उनी तीन महिनासम्म आफ्नो काखबाट टाढा रहेको उनकी आमाले बताइन्।


Share on:


Comments