करिब २१ प्रतिशत कोरोना संक्रमित उपचारपछि डिस्चार्ज भई घर फर्के

-नोटबजार संवाददाता।
काठमाण्डौं ।
१४जेष्ठ, २०७७, बुधबार / May 27, 2020 18:53:pm

नेपालमा कोभिड १९ संक्रमण भएका करिब २१ प्रतिशत जनसंंख्याले कोरोनालाइ पराजित गरि उपचारपछि घर फकिएका छन्। बुधबारसम्म कूल ८८६ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएकोमा १८३ जना घर फकिएका हुन्।

मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले हालसम्म १४२ जना पुरुष र ४१ जना महिला गरि १८३ जना उपचारपछि डिस्चार्ज भएको जानकारी दिए। यो कूल संक्रमितको २०.६५ प्रतिशत हो।

डिस्चार्ज भएकामध्ये सबैभन्दा धेरै प्रदेश नं १ मा ९७ जना रहेका छन्। यसैगरि प्रदेश नं १ मा ३० जना, वाग्मती प्रदेशमा ११ जना, गण्डकी प्रदेशमा २ जना, प्रदेश नं ५ मा ३८ जनार सुदूरपश्चिम प्रदेशम ५ जना डिस्चार्ज भएका हुन्।

बुधबार मात्रै २८ जना डिस्चार्ज भएका छन्। जसमध्ये नारायणी अस्पतालबाट डेढ वर्षका बालकदेखि ६२ वर्षसम्मका व्यक्ति गरि कूल २१ जना डिस्चार्ज भएका छन्। उनीहरु ११ औं देखि १४ औं दिनमा डिस्चार्ज भएका हुन्।

यस्तै कोशी अस्पतालनबाट ४ जना डिस्चार्ज भएका छन्। जो उदयपुरका ३६ देखि ६२ उमेर समूहका ३ जना महिला र एक जना पुरुष रहेका छन्। उनीहरु १७ औं देखि ३६ औं दिनको बीचमा डिस्चार्ज भएका हुन्।

यसैगरि सुशील कोइराला क्यान्सर प्रखर अस्पतालबाट ३ जना डिस्चार्ज भएका छन्। जसमध्ये २ जना बाँकेका २४ वर्षिया पुरुष ११ औं दिनमा र ५५ वर्षिया महिला २२ औं दिनमा डिस्चार्ज भएका छन्। वर्दियाकी ११ वर्षिया बालिका १६ औं दिनमा डिस्चार्ज भएकी छिन्।



Share on:


Comments