कोभिड–१९ बाट ललितपुरमा पाँचौं व्यक्तिको मृत्यु

Note Bazar १४जेष्ठ, २०७७, बुधबार / May 27, 2020 22:31:pm

नेपालमा कोभिड १९ संक्रमणबाट मृत्यु हुने व्यक्तिको संख्या ५ पुगेको छ। बुधबार ललितपुरमा १ जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ पुगेको हो।

बुधबार साँझ किष्ट अस्पतालमा निधन भएका ललितपुर महानगरपालिका २२ का ५७ वर्षीय पुरुषको स्वाब परीक्षण रिर्पोट पोजेटिभ आएको हो। स्वास्थ्य कार्यालय, ललितपुरका प्रमुख डा. खगेश्वर गेलालले मृतकको कोरोना परीक्षणको रिपोर्ट पनि पोजेटिभ आएको पुष्टि गरे ।

ती पुरुषको १२ गते थ्रोट स्वाब संकलन गरेर परीक्षणका लागि टेकु पठाइएको थियो। सुरुमा अल्कोहलिक लिभर डिजिजको उपचारका लागि ११ गते पाटन अस्पताल लगिएको उनलाई त्यहाँ आईसीयू उपलब्ध नभएपछि किस्टमा रिफर गरिएको थियो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उनको मृत्यु कोरोनाबाट भएको औपचारिक घोषणा गर्न भने बाँकी रहेको छ।



Share on:


Comments