विश्वभर कोभिड–१९ सङ्क्रमितको संख्या ६० लाखभन्दा बढी, तीन लाख ६७ हजारभन्दा बढीको मृत्यु

Note Bazar १७जेष्ठ, २०७७, शनिबार / May 30, 2020 19:16:pm

कोरोना भाइरसको कारण शनिबारसम्ममा विश्वभर संक्रमितको संख्या ६० लाख ६९ हजार पुगेको प्रभावित मुलुकहरूका स्वास्थ्य मन्त्रालय तथा सम्वद्ध संस्थाहरूले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख गरिएको छ । अमेरिकाको जोन हकिन्स विश्वविद्यालयका अनुसार शनिबारसम्म मृत्यु हुनेको संख्या तीन लाख ६० हजार ४०० भन्दा बढी पुगेको जनाएको छ ।

अमेरिकामा कोरोनाभाइरस संक्रमण पुष्टि हुनेको संख्या १७ लाख ९४ हजार १५३ रहेको छ भने एक लाख चार हजार ५५० संक्रमित अमेरिकीको अहिलेसम्म मृत्यु भएको छ । अमेरिकामा व्यक्तिको उपचारपछि निको हुने संक्रमित व्यक्तिको संख्या पाँच लाख १९ हजार ६११ पुगेको छ ।
अहिलेसम्म कोरोना भाइरसका कारण सबैभन्दा धेरै मृत्य अमेरिकामा भएको छ भने त्यसपछि क्रमशः बेलायत, इटली, फ्रान्स र ब्राजिल रहेका छन् ।

बढी प्रभावित दक्षिण एशियाली मुलुकमा धेरै संक्रमितको संख्या भारतमा रहेको छ । पाकिस्तान, बङ्गलादेश, अफगानिस्तान, नेपाललगायतका मुलुकमा पनि पछिल्ला दिनहरूमा संक्रमितको संख्या बढ्दो क्रममा रहेको छ । भारतमा संक्रमितको संख्या एक लाख ७४ हजारभन्दा बढी पुगेको छ भने पाकिस्तानमा ६६ हजार ४५७, बङ्गलादेशमा ४४ हजार ६०८ र अफगानिस्तानमा १४ हजार संक्रमित रहेका छन् । नेपालमा शनिबारसम्म सङ्क्रमितको सङ्ख्या एक हजार ४०१ पुगेको छ भने छ जनाको मृत्यु भएको छ ।

ब्राजिलमा विगत २४ घण्टामा एक हजारभन्दा बढी सक्रमितको मृत्यु

विश्वव्यापी महामारीबाट बढी प्रभावित मुलुकहरूमध्ये ब्राजिल पाँचौ स्थानमा परेको छ । कोरोनाभाइरस संक्रमणका विगत २४ घण्टाको समयमा मृत्यु हुनेको संख्या एक हजारभन्दा बढी पुगेको ब्राजिलको स्वास्थ्य मन्त्रालयले शनिबार जानकारी गराएको छ ।

ब्राजिलमा शनिबारसम्म २७ हजार ८७८ कोरोना सक्रमित व्यक्तिको मृत्यु भएको मन्त्रालयले जानकारी गराएको छ । “शनिबारसम्ममा ब्राजिलमा कोभिड–१९ संक्रमण पुष्टि भएका व्यक्तिहरूको संख्या चार लाख ६५ हजार १६६ पुगेको छ भने मृत्यु हुनेको संख्या एक हजार १२४ पुगेको छ,” मन्त्रालयद्वारा शनिबार जारी विज्ञप्तिमा भनिएको छ ।

पछिल्लो २४ घण्टामा ब्राजिलमा कूल २६ हजार ९२८ व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमणको पुष्टि भएको छ । दक्षिण अमेरिकी मुलुक ब्राजिलमा सबैभन्दा बढी साओपाओलामा एक लाख व्यक्ति सङ्क्रमित भेटिएका छन् भने करिब सात हजार ३०० संक्रमितको मृत्यु भएको छ । त्यसपछि बढी प्रभावित स्थानहरूमा रियो दि जेनेरियो, सिएरालगायतका शहर रहेका छन्


Share on:


Comments