दैलेखको क्वारेन्टिनमा मृत्यु भएका व्यक्तिमा कोरोना भएको पुष्टि, मृतक संख्या ७ पुग्यो

रासस
दुल्लु
१७जेष्ठ, २०७७, शनिबार / May 30, 2020 19:43:pm

दैलेखको दुल्लु नगरपालिकाको एक क्वारेन्टिनमा मृत्यु भएका युवामा कोरोना भएको पुष्टि भएको छ । वडा नं ११ कालभैरवको क्वारेन्टिनमा आज बिहान मृत्यु भएका ३५ वर्षीय युवाको आज नै पिसिआर रिपोर्ट पोजेटिभ आएको हो।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको पिसिआर परीक्षणमा रिपोर्ट पोजेटिभ आएको नगरप्रमुख घनश्याम भण्डारीले जानकारी दिए। बिहीबार उनको स्वाब सङ्कलन गरिएको थियो ।

यही जेठ ७ गते भारतबाट आएका उहाँसहितको टोलीलाई विद्युत् प्राधिकरणको भवनमा निर्माण गरिएको क्वारेन्टिनमा राखिएको थियो । मृतक युवाको शव के गर्ने भन्नेबारेमा जिल्ला प्रशासनसँग सहकार्य भइरहेको नगरप्रमुख भण्डारीले बताए । कर्णाली प्रदेशका कोरोनाबाट मृत्यु हुनेमा उनी पहिलो हो ।

यद्यपी स्वास्थ्य मन्त्रालयले भने यसको औपचारिक पुष्टि गर्न बाँकी छ।


Share on:


Comments