पछिल्लो २४ घण्टामा ४९ सय कोरोना परीक्षण, कूल १ लाख ८५ हजार टेष्ट सम्पन्न

-नोटबजार संवाददाता।
काठमाण्डौं ।
१९जेष्ठ, २०७७, सोमबार / Jun 01, 2020 17:01:pm

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ४ हजार ९५८ जनामा कोरोना परीक्षण गरिएको जानकारी दिएको छ।

मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले पछिल्लो २४ घण्टामा रियल टाइम पोलिमरेज चेन रियाक्सन (पीसीआर) प्रविधिबाट २ हजार ३१० वटा र र्यापिड डाइग्रोस्टिक टेस्ट (आरडीटी) प्रविधिबाट २ हजार ६४८ वटा परीक्षण सम्पन्न भएको जानकारी दिए।

मुलुकभर हालसम्म पीसीआर र आरडीटी दुबै प्रविधिबाट गरी कूल १ लाख ८५ हजार ६६० ब्यक्तिमा कोरोना भाइरस सङ्क्रमणको परीक्षण गरिएको जनाएको छ। त्यसमध्ये पीसीआर प्रविधिबाट ७१ हजार ९०३ वटा र आरडिटी प्रविधिबाट १ लाख १३ हजार ७५७ जनामा कोरोना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।

हालसम्म आरडिटी प्रविधिबाट प्रदेश नं १ मा १२ हजार ३४६, प्रदेश नं २ मा ६ हजार ९५४, वाग्मती प्रदेशमा २५ हजार ५४३, गण्डकी प्रदेशमा ८ हजार ८८७, प्रदेश नं ५ मा २३ हजार ८६३, कर्णाली प्रदेशमा १३ हजार ८५८ र सुदूरपश्चिम प्रदेशमा २२ हजार ३०६ वटा आरडिटी विधिबाट कोरोना परीक्षण गरिएको छ।

मन्त्रालयले माघ १४ गतेदेखि पीसीआर प्रविधिबाट र चैत १९ देखि आरडिटी विधिबाट कोरोनाको नमुना परीक्षण थालेको थियो।

१ लाख ३३ हजार ९७५ जना क्वारेटाइनमा, आइसोलेशनमा १५६९ जना

मुलुकभर हालसम्म १ लाख ३३ हजार ९७५ जना क्वारेटाइनमा रहेका छन् । जसमध्ये प्रदेश नम्बर एक मा ३ हजार ९७७ जना, प्रदेश नम्बर दुईमा २१ हजार ९३२ जना, वाग्मती प्रदेशमा २ हजार ६५४, गण्डकी प्रदेशमा ३ हजार ९३७ जना, प्रदेश नम्बर पाँचमा ३८ हजार २३० जना, कर्णालीमा २२ हजार ४७४ जना र सुदूरपश्चिम प्रदेशमा ४० हजार ७७१ जना व्यक्ति क्वारेन्टाइनमा रहेका छन्।

आइसोलेशनमा रहेका सङ्क्रमित बिरामीको कूल सङ्ख्या १ हजार ५६९ जना रहेको प्रवक्ता देवकोटाले जानकारी दिए। जसमध्ये प्रदेश नं १ मा १३८ जना, प्रदेश नं २ मा ५८९ जना, वाग्मती प्रदेशमा १५ जना, गण्डकी प्रदेशमा २३ जना, प्रदेश नं ५ मा ५७० जना, कर्णाली प्रदेशमा १९७ जना र सुदूरपश्चिम प्रदेशमा ३७ जना गरि कूल १ हजार ५६९ जना उपचारका लागि विभिन्न अस्पतालहरुमा आइसोलेशनमा रहेका छन्।

मन्त्रालयका दुई वटा कल सेन्टर १११५ र ११३३ मा गत २४ घण्टामा १ हजार ९० वटा स्वास्थ्य जिज्ञासा सम्बन्धी कलहरु प्राप्त भएका र स्वास्थ्यकर्मी तथा चिकित्सकको टोलीबाट त्यसको उत्तर दिइएको उनले बताए।

त्यसैगरी मन्त्रालयको वेभपेज र मोबाइल एप हाम्रो स्वास्थ्यमा हालसम्म ६० हजार ३२३ जनाले आफ्नो स्वास्थ्य स्थिति जाँच गराएका छन्। पछिल्लो २४ घण्टामा जनाले आफ्नो ४६५ स्वास्थ्य विवरण ‘इन्ट्री’ गराएका छन् भने त्यसबाट थप ३ जना सम्भावित संक्रमितको ‘रेडजोन’ मा परेका छन् । यससँगै कूल ४७३ जना रेड जोनमा परेका छन्।

रेडजोनमा परेका व्यक्ति भनेका सम्भावित सङ्क्रमित व्यक्ति हुन । जसलाई प्रदेशका स्वास्थ्य निकाय र मन्त्रालयको ईपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले ट्रेसिङको कार्य गरिरहेको उनले बताए।

सोमबार थप १ जनाले जिते कोरोना, हालसम्म २२१ जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा १ जनाले कोरोना संक्रमणलाइ पराजित गरेर घर फर्किएका छन्। पछिल्लो विवरण अनुसार डडेल्धुराका २८ वर्षिया पुरुष १० औं दिनमा डिस्चार्ज भएका हुन्।

यससँगै कोरोना पराजित गरि डिस्चार्ज भई घर फर्केनेहरुको कुल संख्या २२१ पुगेको छ। जसमध्ये १७३ जना पुरुष र ४८ जना महिला छन्।
प्रदेशगत रुपमा प्रदेश नम्बर १ बाट ३० जना, प्रदेश नम्बर २ बाट १०४ जना, बाग्मती प्रदेशबाट २९ जना, गण्डकी प्रदेशबाट ३ जना, प्रदेश नम्बर ५ बाट ४८ जना, र सुदूर पश्चिम प्रदेशबाट ७ जना निको भएका छन्।

अझैपनि विभिन्न अस्पतालको आइसोलेसन वार्डहरुमा १ हजार ५६९ जना उपचाररत रहेका छन् । यस्तै हालसम्म ८ जनाले यहि संक्रमणका कारण ज्यान गुमाउनुपरेको छ


Share on:


Comments