अनुगमन टोलीद्वारा ६० हजार जरिवाना

-नोटबजार संवाददाता।
नेपालगञ्ज
१९जेष्ठ, २०७७, सोमबार / Jun 01, 2020 07:17:am

बाँकेको कारकादोस्थित न्यु गौरीशंकर ट्रेडर्सलाई मूल्य नराखी सामान बेचेको पाइएपछि ६० हजार जरिवाना गरिएको छ।

वाणिज्य कार्यालयको अगुवाइमा आज गरिएको बजार अनुगमनका क्रममा अनुगमन टोलीका सदस्य वसन्त गौतमले उक्त पसललाई जरिवाना गर्नाका साथै मूल्यसूची राखेर मात्र सामान बिक्री गर्न निर्देशन दिइएको बताए ।

यसैबीच बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुवाङले लकडाउनको पालना भएन भएको स्थलगत अनुगमन गरेका छन्। प्रजिअको टोलीले आइतबार नेपालगञ्ज र खजुरामा लकडाउन पालनाको अनुगमन गरेको हो ।

अनुगमनका क्रममा प्रजिअ कुरुवाङ्गले चोकचोकमा खटिएका सुरक्षाकर्मीलाई सवारी जाँचमा कडाइ गर्न निर्देशन दिए।



Share on:


Comments