मेगा बैंक र गण्डकी विकास बैंकले मर्जर प्राप्ती प्रस्ताव पारित गर्दै

-नोटबजार संवाददाता।
काठमाडौं।
२१जेष्ठ, २०७७, बुधबार / Jun 03, 2020 07:08:am

मेगा बैंक र गण्डकी विकास बैंकको डाकेका छुट्टाछुट्टै विशेष साधारण सभाले आज एक आपसमा मजर तथा प्राप्तीको विशेष प्रस्ताव पारित गर्ने भएका छन्।मेगाको केन्द्रीय कार्यालय कमलादी काठमाण्डौं र गण्डकीको चिप्लेढुंगा पोखरामा बिहान ११ बजेदेखि विशेष साधारण सभा डाकिएको छ।

मर्जर तथा प्राप्ती सम्झौता गरेका साढे ७ महिनापछि दुबै बैंकले १ बराबर १ शेयर अनुपातमा हुने मर्जर प्राप्तीलाई विशेष साधारण सभा मार्फत अन्तिम रुप दिन लागेका हुन्। गत असोज ८ गते मेगा बैंकले गण्डकी प्राप्ती गर्ने सम्झौता गरेको थियो।

कोरोना भाइरस संक्रमणबाट बच्न प्रत्येक शेयरधनीलाई १ मिटरको सामाजिक दूरी कायम गरि बस्न र माक्स पञ्जाको अनिवार्य प्रयोग अनिवार्य गरिएको छ।

विशेष साधारण सभाले संयुक्त मर्जर कमिटीले गरेका सम्पूर्ण एक्वायर सम्बन्धी सम्झौताको अनुमोदन गर्ने, पूँजी वृद्धि, र सोही अनुसार शेयर संरचना परिवर्तन हुने भएकाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव उपर छलफल गरि पारित गर्नेछ।

एक्वायरपछि मेगा बैंकको नामबाट कारोबार हुनेछ । एकीकृत बैंकको चुक्ता पूँजी १३ अर्ब १३ करोड ८६ लाख २१ हजार रुपैयाँ पुग्नेछ ।

चालू आवको तेस्रो त्रैमाससम्म मेगाले १ अर्ब ४५ करोड १० लाख ९० हजार र गण्डकीले ३६ करोड ९५ लाख ३६ हजार खुद नाफा गरेको छ । यस अवधिसम्म मेगाको वितरणयोग्य नाफा ४५ करोड ९८ लाख ४७ हजार र गण्डकीको ३ करोड २८ लाख ३२ हजार रहेको छ ।

मेगाको प्रतिशेयर आम्दानी १८.८३ र गण्डकीको १७.९२ रुपैयाँ तथा प्रतिशेयर नेटवर्थ क्रमश १३२.१९ र १४२.०७ रुपैयाँ छ ।


Share on:


Comments