ऋणात्मक बजारमा पनि ४ स्क्रिप्टमा सकारात्मक सर्किट

✍️ नोटबजार संवाददाता।
काठमाण्डौं।
१५असार, २०७७, सोमबार / Jun 29, 2020 13:37:pm

लकडाउनपछि नियमित कारोबारको रुपमा खुलको शेयर बजारमा सुरुवाती ४० मिनेटमा नै नकारात्मक सर्किट लागेपनि सो पश्चात शेयर बजार क्रमिक रुपमा सुधारको बाटोमा गएको छ।

कारबारको साढे २ घण्टा अवधिमा १२१ वटा कम्पनीको शेयर कारोबारमा आएकोमा ४ वटा स्क्रिप्टको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो। नागरिक लगानी कोष, हिमालयन डिष्टिलरी, नेपाल इन्भेष्टमेन्ट बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक संस्थापक शेयरमा सकारात्मक सर्किट लागेको हो। यस अवधिसम्ममा १५ कम्पनीको शेयरमूल्य बढेको छ ।

उता पाँच कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा धेरैले घटेको छ। नेपाल पुनर्बीमा कम्पनी, अपि पावर, इन्फिनिटी लघुवित्त, स्वावलम्बन लघुवित्त र नेपाल बंगलादेश बैंकको शेयरमूल्य ९ प्रतिशत धेरैले घटेको हो। १२१ वटा कम्पनीमध्ये १०३ वटाको शेयरमूल्य घटेको छ।

यस अवधिमा नेप्से ३०.८१ अंकले घटेर ११७०.७६ बिन्दुमा झरेको छ। यसबीचमा ५० अंकसम्म घटेको बजार २० अंकले सुधारिएको हो। ४ हजार २१६ वटा कारोबारबाट ८ लाख १८ हजार ६७४ कित्ता शेयर ३० करोड २९ लाख रुपैयाँमा खरीद बिक्री भएका छन्।



Share on:


Comments