नेप्सेमा तीन कम्पनीको साढे ३ अर्ब बराबरको ऋणपत्र सूचीकृत

-नोटबजार संवाददाता।
काठमाडौं।
१६असार, २०७७, मंगलवार / Jun 30, 2020 15:05:pm

नेपाल स्टक एक्सचेञ्जमा एक वाणिज्य बैंक र दुई फाईनान्स कम्पनीसहित तीन कम्पनीको साढे ३ अर्ब बराबरको ऋणपत्र सूचीकृत भएको छ ।

नेप्सेका अनुसार कुमारी बैंक, गुडविल फाइनान्स र आइसिएफसि फाइनान्सले ऋणपत्र सूचीकृत गराएका हुन् ।

कुमारी बैंकले ३ अर्ब बराबरको ३० लाख कित्ता, गुडविल फाइनान्सले २५ करोड बराबरको २ लाख ५० हजार कित्ता र आइसिएफसिले २० करोड बराबरको २ लाख कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत गराएका हुन् ।


Share on:


Comments