कामना सेवा विकास बैंकको अनलाईन कर्जा आवेदन सेवा सञ्चालनमा

✍️ नोटबजार संवाददाता।
काठमाण्डौं।
१६असार, २०७७, मंगलवार / Jun 30, 2020 19:14:pm

कामना सेवा विकास बैंकले वेबसाइट मार्फत अनलाईन कर्जा योग्यता मापन÷ आवेदन गर्न सकिने सुविधा सञ्चालनमा ल्याएको छ।

कोरोना महामारीको बेला ग्राहकहरुको सेवा र सुरक्षलाई ध्यानमा राख्दै मिति असार १४ गते देखि लागू हुनेगरी उक्त सेवा सञ्चालनमा ल्याएको बैंकले जनाएको छ।

यससँगै ग्राहकहरुले घरैमा बसेर कामना सेवा विकास बैंकको जुनसुकै शाखा कार्यलयमा शेयर कर्जा, प्रोफेशनल लोन, घर कर्जा, सवारी कर्जा, व्यापारिक कर्जाका लागि आवेदन दिन सक्नेछन्।

काठमाडौं – ३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको यस बैंकले देशका विभिन्न भागहरुमा १२३ वटा शाखा तथा ६४ वटा एटिएम मार्फत ग्राहकहरुलाई आफनो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ।

“प्रगतिको आधार कामना सेवा सँग कारोबार” भन्ने मुल नाराका साथ आम जनता माझ विभिन्न बैैकिङ सुविधा प्रदान गर्दै आइरहेको बैंकले एबिबिएस, एसएमएस बैंकिङ्ग, मोबाइल बैंकिङ्ग, सि आश्वा लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवा ग्राहकहरुलाई सुविधाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ।


Share on:


Comments