नेपाल उद्योग वाणिज्य महासंघका उम्मेदवारहरुले सुरु गरे चुनाबी तयारी

-नोटबजार संवाददाता।
१६असार, २०७७, मंगलवार / Jun 30, 2020 19:50:pm

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनको मिति नजिकिदै गर्दा महासंघको नेतृत्वमा पुग्ने आकांक्षीहरुले चुनाबी तयारी सुरु गरेका छन् । उनीहरुले सम्पर्क कार्यालय नै स्थापना गरेर चुनाबी प्रचारप्रसारमा जुट्न थालेका छन् ।

यसै क्रममा वरिष्ठ उपाध्यक्षका दावेदार किशोर प्रधान समूहले चुनाबी तयारीका लागि सम्पर्क कार्यालयले स्थापना गरेको छ।
ललितपुरको पुल्चोकस्थित याक पार्टी प्यालेसमा खोलिएको सम्पर्क कार्यालयको निवर्तमान अध्यक्ष पशुपति मुरारका, पूर्व अध्यक्षहरु कुशकुमार जोशी, विनोदबहादुर श्रेष्ठको सहभागितमा महासंघका आगामी अध्यक्ष शेखर गोल्छाले गरेका हुन् ।

महासंघले आगामी साउन २६ र २७ गते ५४ औं साधारण सभा बोलाएको छ । उक्त साधारण सभाले महासंघको अध्यक्ष बाहेकका पदाधिकारीको चयन गर्नेछ। महासंघको विधान अनुसार हालका वरिष्ठ उपाध्यक्ष गोल्छा स्वत: अध्यक्ष हुनेछन् ।

गोल्छाले प्रधानलाई सहयोग गर्ने बताइसकेका छन्। प्रधानको टिममा प्रधान वरिष्ठ उपाध्यक्षमा उठ्दैछन भने जिल्ला उपाध्यक्षमा दिनेश श्रेष्ठ, वस्तुगत उपाध्यक्षमा अन्जन श्रेष्ठ र एसोसिएट उपाध्यक्षमा सौरभ ज्योति प्रतिस्पर्धा गर्दै छन्। उनीहरुले नै साउन अन्तिममा हुने निर्वाचनको लागि सम्पर्क कार्यालय खोलेका हुन्।।

महासंघको बरिष्ठ उपाध्यक्षमा महासंघका उपाध्यक्ष चन्द्र ढकालले पनि प्यानल नै बनाएर उम्मेद्वारी दिने तयारी गरेका छन् । ढकाल समुहबाट जिल्ला नगरमा गुणनिधि तिवारी, एशोसियटमा रामचन्द्र सांघाई तथा वस्तुगतमा उमेशलाल श्रेष्ठले उम्मेद्वारी दिने छन । ढकाल समूहले पनि सम्पर्क कार्यालय खोलिसकेको छ ।


Share on:


Comments