चार कम्पनीको ४३ करोड ८१ लाख बराबरको बोनस नेप्सेमा सूचीकृत

-नोटबजार संवाददाता।
काठमाडौं।
१८असार, २०७७, बिहीबार / Jul 02, 2020 14:43:pm

नेपाल स्टक एक्सचेञ्जमा विहीबार चार कम्पनीको ४३ करोड ८१ लाख २७ हजार रुपैयाँ बराबरको बोनस शेयर सूचीकृत भएको छ ।

नेप्सेका अनुसार सृजना फाइनान्स, आरएसडिसि लघुवित्त, सिन्धु विकास बैंक र सानिमा माइ हाईड्रोको गरी ४३ लाख ८१ हजार २७१ कित्ता बोनस नेप्सेमा थपिएको हो।

नेप्सेमा सानिमा सानिमा माइ हाईड्रोको २३ लाख २१ हजार, सिर्जना फाइनान्सको ११ लाख ५ हजार ८७६.८० कित्ता, सिन्धु विकास बैंकको ५ लाख ७४ हजार २८७.५० कित्ता र आरएसडिसी लघुवित्तको ३ लाख ८० हजार १०७.२० कित्ता बोनस शेयर सूचीकृत भएको नेप्सेले जनाएको छ ।

शेयर लगानीको डिम्याट खातामा आएपछि उक्त शेयर किनबेच गर्न पाइनेछ । गत आर्थिक वर्षको मुनाफाबाट सृजना फाइनान्सले १५ प्रतिशत, सिन्धु विकास बैंकले ११.५१३४ प्रतिशत, सानिमा माइ हाईड्रोले १० प्रतिशत र आरएसडिसीले ६ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव पारित गरेका थिए।


Share on:


Comments