ग्लोबल आईएमई क्यापिटलद्धारा डिम्याट र मेरो शेयरको नवीकरण शुल्क तिर्न आग्रह

✍️ नोटबजार संवाददाता।
काठमाण्डौं।
१९असार, २०७७, शुक्रबार / Jul 03, 2020 16:18:pm

ग्लोबल आईएमई क्यापिटलले आर्थिक वर्ष २०७६/७७ को डिम्याट र मेरो शेयरको नवीकरण शुल्क तिर्न आग्रह गरेको छ।

क्यापिटलले असार २१ गतेदेखि साधना लघुवित्त र २५ गतेदेखि अजोड इन्स्योरेन्सको आईपीओ निष्काशन खुला हुन लागेकाले नवीकरण शुल्क नबुझाएका क्यापिटल र ग्लोबल आईएमई बैंक मार्फ खाता खोलेका ग्राहकहरुलाई अनुरोध गरेको हो।

उक्त रकम आईएमई पे, इसेवा, कनेक्ट आईपिएस, र ग्लोबल आईएमई बैंकको मोबाइल र इन्टरनेट बैंकिङ्ग मार्फत समेत नवीकरण शुल्क तिर्न सकिने क्यापिटलले जनाएको छ।

तोकिएको समयावधि (असार मसान्त) भित्र नवीकरण शुल्क भुक्तानी नगरेको अवस्थामा हितग्राहीको डिम्याट खाता सिस्टमबाटै रोक्का (फ्रिज) हुने र मेरो शेयर सेवा लिने हितग्राहीको एक वर्षको अवधिभित्र नवीकरण गरिसक्नुपर्ने र सो समयावधिभित्र नवीकरण नभए स्वत बन्द हुने भएकाले वार्षिक शुल्क नवीकरण गर्ने समयमा नै मेरो शेयरको शुल्क समेत नवीकरण गर्न क्यापिटलले भनेको छ।

साथै असार मसान्तसम्ममा नयाँ मेरो शेयरको खाता खोल्ने ग्राहकले निशुल्क सेवा प्राप्त गर्नसक्ने क्यापिटलले जनाएको छ।


Share on:


Comments