साधनाको आईपीओमा १ लाख ५५ हजारले गरे आवेदन, करिब ६ गुणा माग

✍️ नोटबजार संवाददाता।
काठमाण्डौं।
२२असार, २०७७, सोमबार / Jul 06, 2020 11:45:am

साधना लघुवित्त वित्तीय संस्थाको साधारण शेयर (आइपिओ) मा दोस्रो दिनको साढे ११ बजेसम्ममा नै सर्वसाधारणबाट माग गरेकोभन्दा करिब ६ गुणा बढीको शेयर माग आवेदन परेको छ।

लघुवित्तले आइतबारदेखि सर्वसाधारणमा ६ लाख ६१ हजार ५२० कित्ता शेयर बिक्रीमा ल्याइएकोमा सोमबार साढे ११ बजेसम्ममा ३८ लाख ९९ हजार ६७० कित्ताको आवेदन परेको बिक्री प्रबन्धक बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ। यो सर्वसाधारणबाट माग गरिएको भन्दा ५.८९५ गुणा बढी आवेदन हो।

लघुवित्तले कर्मचारी र सामूहिक लगानी कोषका लागि सुरक्षित गरि ६ लाख ६१ हजार ५२० कित्ता शेयरका लागि सर्वसाधारणबाट आवेदन मागेको थियो। आइपीओ खरीदका लागि १ लाख ५५ हजार २९६ जना आवेदकले शेयर भरेका छन्।

नेपाल राष्ट्र बैंकले ‘घ’ वर्गको वित्तीय संस्थाका रुपमा अनुमति पाएको लघुवित्तले जारी पूँजीको ३२.५० प्रतिशत अर्थात प्रतिकित्ता १०० का दरले ७ करोड ७ लाख ८० हजार रुपैयाँ बराबरको ७ लाख ७ हजार ८०० कित्ता साधारण शेयर बिक्रीमा ल्याएको हो। जसमध्ये ०.५० प्रतिशत अर्थात १० हजार ८९० कित्ता शेयर कर्मचारी, ५ प्रतिशत अर्थात ३५ हजार ३९० कित्ता सामूहिक लगानी कोषलाई छुट्टाएर बाँकी सर्वसाधारणमा बिक्रीमा ल्याइएको हो।

लघुवित्तको शेयरको बिक्री प्रबन्धकमा ग्लोबल आइएमएई क्यापिटल लिमिटेड रहेको छ । साधारण शेयर असार २४ गतेसम्म आवेदन दिन सकिन्छ । जसमा न्यूनतम १० एकाई र अधिकतम एक हजार एकाईहरूको लागि आवेदन राख्न सकिन्छ।

इक्रा नेपालले गरेको रेटिङमा सो वित्तीय संस्थाको शेयर औसतभन्दा तल आधार रहेको उल्लेख गरिएको छ।

केहि समय अघि आर्थिक सम्वृद्धि लघुवित्तलाई प्राप्ती गरेर एकिकृत कारोबार थालेको थियो। सर्वसाधारणलाई शेयर जारी गरेपछि ५० प्रतिशत हकप्रद बिक्री गर्ने योजना कम्पनीको छ । सर्वसाधारणमा शेयर जारी गरेपछि कम्पनीको चुक्ता पूँजी २१ करोड ७७ लाख ८० हजार पुग्नेछ । हकप्रद पछि पूँजी ३२ करोड नाघ्नेछ।

लघुवित्तले चालु आवको तेस्रो त्रैमाससम्ममा १ करोड ९० लाख ९१ हजार खुद नाफा आर्जन गरेको छ । गोरखामा केन्द्रीय कार्यालय रहेको लघुवित्तको चुक्ता पूँजी १४ करोड ७० लाख र वार्षिक प्रतिशेयर आम्दानी १७ रुपैयाँ ३२ पैसा रहेको छ । संस्थाको जगेडा कोषको आकार १ करोड १४ लाखबाट बढेर ४ करोड २ लाख पुगेको छ।


Share on:


Comments