स्वावलम्बन लघुवित्तको शेयर रजिष्ट्रार परिवर्तन

✍️ नोटबजार संवाददाता।
काठमाण्डौं।
२५असार, २०७७, बिहीबार / Jul 09, 2020 13:16:pm

स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड (SWBBL) ले नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडलाई शेयर रजिष्ट्रार नियुक्त गरेको छ । कम्पनीले साउन १ गते देखि लागू हुने गरी नबिल इन्भेष्टमेण्ट बैंकिङ्गलाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको हो ।

यसअघि लघुवित्तको शेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल लाजिम्पाट रहेको थियो।

नयाँ शेयररविष्ट्रार नियुक्तीसँगै अब साउन १ गतेपछि धितोपत्र सम्वन्धि लघुवित्तको सम्पूर्ण कार्यहरु नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेड नक्सालबाट हुनेछ।

संगठित संस्थाहरुको धितोपत्र कारोबार सम्बन्धी रेकर्ड राखिदिने र दाखिल खारेज वा नामासारी गर्ने र शेयरवालाहरुको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्य गर्न जिम्मा लिने संस्थालाई शेयर रजिष्ट्रार भनिन्छ।


Share on:


Comments