सुरक्षा जोखिमको कारण देखाउँदै सेलफोनबाट टिकटक हटाउन अनुरोध

-रासस/एएनआइ।
काठमाडौ ।
२७असार, २०७७, शनिबार / Jul 11, 2020 20:35:pm

आमेजोन कम्पनीले आफ्ना कर्मचारीलाई “सुरक्षा जोखिम” भएको कारण देखाउँदै आ–आफ्नो सेलफोनबाट टिकटक हटाउन अनुरोध गरेको न्युयोर्क टाइम्सले शुक्रबार जानकारी दिएको छ ।

भारतले टिकटक र युसी ब्राउजरलगायत ५९ ओटा चिनियाँ एप्सहरु प्रतिबन्ध लगाएको केही दिनपछि आमेजोन कम्पनीमा यस्तो निर्णय आएको हो ।

सार्वभौमिकता, अखण्डता र प्रतिरक्षाको लागि यो निर्णय गरिएको न्युयोर्क टाइम्सले प्राप्त गरेको इमेलमा बताइएको छ ।

कर्मचारीहरूले “आमेजोन ईमेल पहुँच रहेको कुनै पनि उपकरणहरूबाट एप्पहरु मेटाउनुपर्ने आमेजोनका अधिकारीहरूले जनाएका छन् । कर्मचारीले आफ्नो आमेजोन कम्पनीबाट ईमेल प्राप्त गर्ने प्रयोजनका लागि शुक्रवारसम्म टिकटक एप्पस् हटाउनपर्ने अधिकारीहरु जानकारी दिएका छन् । यद्यपी आमेजोनका कर्मचारीहरूलाई उनीहरूको ल्यापटप ब्राउजरबाट अझै टिकटक हेर्न अनुमति छ ।

ह्वाइट हाउसले टिकटकलगायत चिनियाँ सामाजिक सञ्जालका एप्स् प्रतिबन्ध लगाएको यसअघि नै अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले पुष्टि गरेका थिए ।


Share on:


Comments