नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको भने घट्यो

-नोटबजार संवाददाता।
काठमाडौं।
१४श्रावण, २०७७, बुधबार / Jul 29, 2020 10:41:am

नेपाली बजारमा सुनको मूल्यले प्रतिदिन नयाँ कीर्तिमानी कायम गर्ने क्रममा बुधबार हालसम्मकै उच्च विन्दुमा पुगेकोे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साउन १४ गते बुधबार सुन प्रतितोला ९८ हजार ५०० रुपैयाँ तथा चाँदी १ हजार २२५ रुपैयाँ पुगेको छ ।

मंगलबार सुन प्रतितोला ९८ हजार २०० रुपैयाँ तथा चाँदी १ हजार २४५ रुपैयाँ मा कारोबार भएको थियो।

अघिल्लो दिनको तुलनामा सुनको मूल्य ३०० रुपैयाँले बढेको हो भनेचाँदी प्रतितोला २० रुपैयाँले घटेको हो ।

अन्तर्राष्ट्रिय बजारमा भइरहेको मूल्यवृद्धिसँगै यहाँ पनि भाउले दिनहुँ नयाँ ‘रेकर्ड’ बनाएको हो । नेपालमा अन्तर्राष्ट्रिय बजारमा निर्धारण हुने सुनको भाउ अनुसार मूलल्य निर्धारण हुने गरेको छ । अन्तर्राष्ट्रिय बजारमा नै सुनमा लगानीकर्ता आकर्षित बन्दा त्यसको प्रत्यक्ष असर स्थानीय बजारमा पर्न गएको हो ।

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।


Share on:


Comments