सुनको मूल्य कीर्तिमानी उचाइमा तोलाकै ९९ हजार ३०० पुग्यो 

Note Bazar १६श्रावण, २०७७, शुक्रबार / Jul 31, 2020 11:16:am

 
नेपाली बजारमा सुनको मूल्यले प्रतिदिन नयाँ कीर्तिमानी कायम गर्ने क्रममा शुक्रबार हालसम्मकै उच्च विन्दुमा पुगेकोे छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साउन १६ गते शुक्रबार सुन प्रतितोला ९९ हजार ३०० रुपैयाँ  तेजावी ९८ हजार ८६५ रुपैयाँ तथा चाँदी १ हजार २०० रुपैयाँ पुगेको छ ।
 
अघिल्लो दिनको तुलनामा सुनको मूल्य ३०० बढेको तथा चाँदीको २५ रुपैयाँले घटेको हो । बिहीबार छापावाल सुन प्रतितोला ९९ हजार, तेजाबी ९८ हजार ५६० तथा चाँदीको भाउ प्रतितोला १ हजार २२५ रुपैयाँ थियो ।
 
अन्तर्राष्ट्रिय बजारमा भइरहेको मूल्यवृद्धिसँगै यहाँ पनि भाउले दिनहुँ नयाँ ‘रेकर्ड’ बनाएको हो । नेपालमा अन्तर्राष्ट्रिय बजारमा निर्धारण हुने सुनको भाउ अनुसार मूलल्य निर्धारण हुने गरेको छ । अन्तर्राष्ट्रिय बजारमा नै सुनमा लगानीकर्ता आकर्षित बन्दा त्यसको प्रत्यक्ष असर स्थानीय बजारमा पर्न गएको हो ।
 
हङकङका कारण चीन र अमेरिकाबीच उत्पन्न तनाव पनि सुनको मूल्य बढ्नुको अर्को कारण रहेको जानकारहरुको भनाइ छ । अमेरिकी केन्द्रीय बैंकले बन्ड रकममा दिँदै आएको ब्याजदर घटाएकाले पनि सुनको मूल्य बढेको व्यवसायीको भनाइ छ ।
 
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

Share on:


Comments