रिलायन्स लाइफ इन्स्योरेन्सलाई आईपीओ बिक्री गर्न अनुमति

✍️ नोटबजार संवाददाता।
काठमाण्डौं।
१६श्रावण, २०७७, शुक्रबार / Jul 31, 2020 13:46:pm

रिलायन्स लाइफ इन्स्योरेन्सले नियामक निकाय धितोपत्र बोर्डबाट सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) बिक्री गर्न अनुमति पाएको छ।

यससँगै रिलायन्स लाइफ जीबन बीमा व्यवसाय गर्न अनुमति पाएका दश नयाँ कम्पनीमध्ये पहिला आईपीओ बिक्री गर्न पाउने कम्पनी बनेको छ।

बोर्डले एक सय रुपैयाँ अंकित दरमा ६३ करोड रुपैयाँबराबरको ६३ लाख कित्ता आईपीओ जारी गर्न साउन १६ गते शुक्रबार अनुमति पाएको हो। २ अर्ब १० करोड रुपैयाँ जारी पूँजी रहेको कम्पनीले जारी पूँजीको ३० प्रतिशत आईपीओ जारी गर्न अनुमति माग गरेको थियो।

हाल कम्पनीमा संस्थापक शेयरधनीको तर्फबाट जारी पूँजीको ७० प्रतिशत १ अर्ब ४७ करोड रूपैयाँ संस्थापक शेयरधनीबाट चुक्ता भैसकेको छ।

सर्वसाधारणमा इन्स्योरेन्सले क्रेडिट रेटिङ्ग कम्पनी इक्रा नेपालबाट रेटिङ्ग गराएको छ।

इक्रा नेपालले इन्स्योरेन्सको आईपीओलाई इक्रा एनपी आईपीओ ग्रेड ४ रेटिङ्ग प्रदान गरेको छ। ग्रेड ४ रेटिङ्गले कम्पनीको वित्तीय अवस्था औषतभन्दा तल आधार रहेको जनाउँछ।

आईपीओ बिक्रीका लागि सानिमा क्यापिटललाई शेयर निष्काशन तथा बिक्री प्रबन्धक तोकिएको छ।

रिलायन्सले गत आर्थिक वर्षमा ३० हजार ७६९ बीमालेख बिक्रीबाट १ अर्ब ४० करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ। जसमध्ये ९१ करोड रुपैयाँ प्रथम बीमाशुल्क रहेको छ।

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।


Share on:


Comments