बजार पूँजीकरणका हिसाबले यी हुन् ‘टप टेन’ कम्पनी

✍️ नोटबजार संवाददाता।
काठमाण्डौं।
१६श्रावण, २०७७, शुक्रबार / Jul 31, 2020 15:48:pm

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत २०८ वटा कम्पनीको कूल बजार पूँजीकरण १८ खर्ब ९४ अर्ब ५२ करोड १७ लाख रुपैयाँमा सीमित भएको छ।

गत साता १८ खर्ब ९८ अर्ब ९५ करोड ४५ लाख रुपैयाँ रहेको कूल बजार पूँजीकरण एक सातामा ४ अर्ब ४३ करोड २८ लाख रुपैयाँले घटेको हो। नेप्से घटेसँगै शेयर बजार पूँजीकरणमा पनि गिरावट देखिएको हो। यो साता नेप्से ३.६५ अंक घटेर १४३९.०६ बिन्दुमा बन्द भएको छ।

यस साता शेयर बजार पूँजीकरणका हिसाबले नेपाल टेलिकम शीर्ष स्थानमा छ। ९८ अर्ब बढी बजार पूँजीकरण रहेको यस कम्पनीलाई नबिल बैंकले पच्छाएको छ। नबिल बैंकको कूल बजार पूँजीकरण ८५ अर्ब ८२ करोड ६५ लाख रहेको छ।

Nepal Stock Exchange Limited   
"Singhadurbar Plaza, Kathmandu, Nepal.
Top 10 Securities by Market Capitalization         
( 24-Jul-2020 To 30-Jul-2020)       
 
 
 
 
S.N. Security NameSymbolCapitalization (Rs. In Million) 
1Nepal Doorsanchar Comapany LimitedNTC98100
2Nabil Bank LimitedNABIL85826.55
3Nepal Life Insurance Co. Ltd.NLIC74198.17
4Nepal Investment Bank LimitedNIB66257.64
5Everest Bank LimitedEBL63865.36
6NMB Bank LimitedNMB59989.24
7Nepal Reinsurance Company LimitedNRIC59900
8NIC Asia Bank Ltd.NICA55390.61
9Standard Chartered Bank LimitedSCB54637.96
10Himalayan Bank LimitedHBL52953.39

 

यसैगरी नेपाल लाइफ, नेपाल इन्भेष्टमेन्ट बैंक, एभरेष्ट बैंक, एनएमबि बैंक, नेपाल रि इन्स्योरेन्स, एनआईसी एशिया बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक र हिमालयन बैंक शीर्ष पूँजीकरण हुने दश कम्पनीमा समेटिएका छन्। दशौं स्थानमा रहेको हिमालयन बैंकको ५२ अर्ब ९५ करोड ३३ लाख रहेको छ।

शीर्ष दश कम्पनीको कूल बजार पूँजीकरण ६ खर्ब ७१ अर्ब ११ करोड ८९ लाख रहेको छ। जुन कूल बजार पूँजीकरणका ३५.४२ प्रतिशत रहेको देखिन्छ।

यस साता १९८ कम्पनीका १ करोड ९२ लाख ७५ हजार कित्ता शेयर ८ अर्ब २ करोड २३ लाख ४० हजार रुपैयाँमा खरिद बिक्री भएका छन्। गत साता १९७ कम्पनीका १ करोड ९१ लाख ३७ हजार कित्ता शेयर ७ अर्ब ५९ करोड ६६ लाख ७० हजार रुपैयाँमा खरिद बिक्री भएकोमा कारोबार रकम ५.६० प्रतिशतले बढेको हो।

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।


Share on:


Comments