शुक्रबार थप २२४ कोरोना संक्रमित थपिए, ४ जनाको मृत्यु

Note Bazar १६श्रावण, २०७७, शुक्रबार / Jul 31, 2020 16:46:pm

 
नेपालमा शुक्रबार थप २२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार ७७१ पुगेको छ । आज थप १५१ जना कोरोना जितेर घर फर्किएका छन् । 
 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार विभिन्न जिल्लामा उक्त संख्याका व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ४ कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिए । ४ जनाको मृत्युसँगै मृतकको संख्या ५६ पुगेको छ ।
 
मन्त्रालयका अनुसार अहिलेसम्म आइसोलेसनमा ५ हजार ३७२ जना संक्रमित छन् भने १४ हजार ३९९ जना कोरोनाबाट मुक्त भएका छन् । पछिल्लो २४ घण्टाको अवधिमा १० हजार ७८६ जनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ । 
 
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

Share on:


Comments