एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टको आईपीओ पहिलो दिनमै ७५ प्रतिशत बिक्यो

-नोटबजार संवाददाता।
काठमाडौं।
१६श्रावण, २०७७, शुक्रबार / Jul 31, 2020 17:17:pm

एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट लिमिटेडले आजदेखि बिक्रीमा ल्याएको आईपीओ पहिलो दिनमै ७५ प्रतिशत बिक्री भएको छ ।

कम्पनीले सामूहिक लगानी कोष र कर्मचारीहरुका लागि छुट्याएर सर्वसाधारणका लागि मात्र ३१ लाख ६० हजार १८३ कित्ता शेयर निष्कासन गरेको थियो ।

कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार शुक्रबार साँझ साढे ४ बजेसम्म ५० हजार १७३ आवेदन मार्फत २३ लाख ८१ हजार ३८० कित्ता शेयरका लागि माग आएको छ । यो कुल निष्काशनको ७५ प्रतिशत भन्दा धेरै हो।

उक्त आईपीओमा लगानीकर्ताले साउन १६ गतेबाट साउन २१ गतेसम्म आवेदन दिन सक्नेछन् । त्यस समयभित्र सबै शेयर बिक्री नभएमा भदौ ३ गतेसम्म आवेदन दिन पाइने व्यवस्था गरिएको बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ ।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ३१ लाख ६० हजार १८० कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । लगानीकर्ताले धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यसका अलावा मेरो शेयर सफ्टवेयरबाट पनि आवेदन दिन सकिनेछ ।

एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टको आईपीओमा आवेदन खुल्यो

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।


Share on:


Comments