सिद्धार्थ बैंकको सस्तो घरकर्जा योजना

Note Bazar १६श्रावण, २०७७, शुक्रबार / Jul 31, 2020 17:50:pm

सिद्धार्थ बैंकले सस्तो तथा सरल घर कर्जा योजना ल्याएको छ । बैंक तथा वित्तीय संस्थाबाट उपभोग गरिरहेको घरकर्जा सार्ने प्रयोजनाका लागि यो योजना ल्याएको हो ।

यस योजनाअन्तर्गत बैंकले ग्राहकहरुलाई ९.२५ प्रतिशत वार्षिक ब्याजदरमा घर कर्जा प्रदान गर्नेछ । यो योजना अन्तर्गत प्रदान गरिएको कर्जाको ब्याजदर १ वर्षसम्मका लागि स्थिर रहने समेत बैंकले जनाएको छ ।

बैंकले ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै विभिन्न समयमा सरल तथा सहज किसिमका कर्जा योजनाहरु ल्याउँदै आएको छ । यस योजनाले ग्राहकहरुलाई आफ्नै घर बनाउने सपनालाई पूरा गर्न प्रेरित गर्नेछ भन्ने विश्वास बैंकले लिएको छ ।

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।


Share on:


Comments