शाओमीको रेडमी नोट ९ सिरिज नेपाली बजारमा

Note Bazar १६श्रावण, २०७७, शुक्रबार / Jul 31, 2020 18:23:pm

 
 
ग्लोबल टेक्नोलोजी लिडर शाओमीले आज नेपालमा दुई नयाँ स्मार्टफोन मोडल—रेडमी ९ र रेडमी ९ए नेपाली बजारमा ल्याएको छ । शक्तिशाली चिपसेट र प्रिमियम विशेषता भएका यी नयाँ भेरियन्टले सबैका लागि स्मार्टफोन अनुभव पहुँचयोग्य बनाउने शाओमीको लक्ष्य छ । 
 
पहिलो एन्ट्री लेबलको स्मार्टफोनको रुपमा बहुउपयोगी क्वाड क्यामेरा सेटअप विशेषता भएको रेडमी ९ ले जीवनको विशेष पलहरु खिच्न मद्दत गर्छ । यो द्रुत स्न्याप, वाइड एन्गल ग्रुप सट, मोहक विवरणका साथ क्लोज अप वा सुन्दर पोेट्रेटको काम रेडमी ९ ले यी सबै पूरा गर्नेछ । 
 
यसबीच प्रयोगकर्ताले रेडमी ९ को ठूलो र उत्कृष्ट स्क्रिनका साथ अझ राम्रोसँग हेर्न सक्छन् । ६.५३ इन्च एफएडी प्लस डट ड्रप डिस्प्ले प्रस्तुत गर्दै रेडमी ९ ले एक क्रिस्टल क्लियर गर्छ । यो एकदम नयाँ एन्ट्री लेबल स्मार्टफोन इमर्सिभ दृश्य अनुभवका लागि विशाल ६.५३ इन्च डट ड्रप डिस्प्ले र ५००० एमएएच उच्च क्षमताको ब्याट्रीले सुसज्जित छ । 
 
रेडमी ९ए मा मिडियाटेक हेलियो जी२५, अक्टा कोर गेमिङ चिपसेट जस्ता विशेषताहरु छन् जसले दिन प्रति दिन सहज संचालन अनुभव प्रदान गर्दछ । यसमा एआई अप्टिमाइज्ड् १३एमपी रियर क्यामेरा छ जसले विभिन्न अवस्थाहरुमा तीव्र र सहजै स्फूर्तिदायक र स्प्रष्ट तस्वीरहरु खिच्छ । 
 
रेडमी ९ तीन कलरका छन् । कार्बन ग्रे, ओशन ग्रीन र सनसेट पर्पलमा उपलब्ध हुनेछ । यो ४जीबी+६४जीबी भेरियन्टको मूल्य १७ हजार ९९९ रुपैयाँ पर्छ भने ३जीबी+३२जीबी भेरियन्टको यसको मूल्य १६ हजार ९९९ रुपैयाँ पर्छ । यो फोनहरु आधिकारिक मी स्टोर, रिटेल पार्टनर र  अनलाइन च्यानलमा उपलब्ध हुनेछ । 
 
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
 

Share on:


Comments