शेयर बजारमा सुधार, तीन कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट

-नोटबजार संवाददाता।
काठमाडौं।
१९श्रावण, २०७७, सोमबार / Aug 03, 2020 15:50:pm

दिनभर उतारचढाब देखिएको सोमबारको शेयर बजारमा सुधार देखिएको छ । साढे ७ अंक माथि पुगेर बन्द भएको बजारमा तीन कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।  

सोमबार नेप्से परिसूचक ७.५९ अंक अर्थात ०.५४ प्रतिशत बढेर एक हजार ४०३.८६ विन्दुमा पुगेर बन्द भएको छ। यस दिन १९० कम्पनीको १ अर्ब २९ करोड २ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।

यस दिन कारोबारमा आएका १२ उपसमूहमध्ये ९ उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ। यस दिन प्रभु बैंकको संस्थापक शेयर सबैभन्दा धेरै ३४ करोड २९ लाख ६० हजार रुपैयाँमा किनबेच भयो ।

बैंकको २८ लाख १० हजार कित्ता संस्थापक शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन नेपाल पुनर्बीमा कम्पनीको १० करोड ४ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।

बढेको बजारमा अजोड इन्स्योरेन्स, आरम्भ चौतारी लघुवित्त र नेपाल फाइनान्सको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। भर्खरै आइपीओ बिक्री गरेका अजोड र मर्जरपछि कारोबार खुलेको आरम्भ चौतारीमा लगानीकर्ताको आकर्षण देखिएको छ। यसदिन नेपाल सेवा लघुवित्तको शेयरमूल्य यस दिन ७।२७ प्रतिशत बढेको छ ।

कारोबारमा आएका दिव्यश्वरी हाइड्रोपावर, यूनियन हाइड्रोपावर र जोशी हाइड्रोपावरको शेयरमूल्य यस दिन ६ प्रतिशतभन्दा बढी घटेको छ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।


Share on:


Comments