सहारा विकास बैंकको ९ लाख २१ हजार कित्ता संस्थापक शेयर लिलामीमा

✍️ नोटबजार संवाददाता।
काठमाण्डौं।
२३श्रावण, २०७७, शुक्रबार / Aug 07, 2020 09:02:am

सहारा विकास बैंक लिमिटेड (SHBL) ले ९ लाख २१ हजार १४८ दशमलव ७० कित्ता शेयर बोलकबोल प्रक्रियाबाट बिक्री गर्ने भएको छ।

बैंकले २०७५ जेठ ६ गतेदेखि असार २४ गतेसम्म चुक्ता पूँजीको २५० प्रतिशत (१८ लाख २४ हजार ८७० कित्ता) हकप्रद बिक्री गरेको थियो। तर धेरै संस्थापकहरुले शेयर खरीद नगरेपछि ९ लाख २८ हजार २४८ कित्ता संस्थापक र १ लाख १६ हजार ७ कित्ता साधारण शेयर अवितरित भएको थियो।

पहिलो चरणमा २०७५ कात्तिक १८ देखि मंसिर ५ गतेसम्म लिलामी बिक्री गर्दा संस्थापकतर्फ ७ हजार १०० कित्ता र सबै सर्वसाधारण शेयर बिक्री भएको थियो। बाँकी शेयर बैंकले हाल पुन: लिलाम बढाबढमा बिक्रीमा ल्याएको हो।

इच्छुक लगानीकर्ताले शेयर बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड लाजिम्पाट, तथा क्यापिटलका सम्पूर्ण शाखा नेपाल इन्भेष्टमेन्ट बैंकका नारायणगढ, हेटौँडा, बिर्तामोड, जनकपुर, तुल्सीपुर, सुर्खेत, नेपालगन्ज र धनगढी शाखा कार्यालय र सहारा विकास बैंकका शाखा कार्यालय र ग्रीन डेभलपमेन्ट बैंकको बागलुङबाट समेत लिलामीमा आवेदन दिन सकिनेछ।

लिलाम बिक्री गरिने शेयर खरीदका लागि इच्छुक लगानीकर्ताले यहि साउन ३० गतेदेखि भदौ ८ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन्। १०० रुपैयाँ वा सोभन्दा बढी मूल्यमा बोलपत्र पेश गर्न सकिनेछ।

आवेदन गर्दा न्यूनतम १ हजार कित्तादेखि लिलामीमा आएको सबै शेयरका लागि माग गर्न सक्ने जनाइएको छ।

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।


Share on:


Comments