लिबर्टी इनर्जीको आईपीओ बाँडफाँड, २५ हजार ६२० आवेदकलाई ४० कित्ता

-नोटबजार संवाददाता।
काठमाडौं।
१५भाद्र, २०७७, सोमबार / Aug 31, 2020 12:29:pm

लिबर्टी इनर्जीले सर्वसाधारणमा निष्काशन गरेको साधारण शेयरको बाँडफाँड सोमबार बाँडफाँड भएको छ । कम्पनीको शेयर १ लाख ८८ हजार ३७३ आवेदकले पाएका छन् ।

लिबर्टी इनर्जीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार योग्य आवेदकलाई १० कित्तादेखि ४० कित्ता शेयर बाँडफाँड गरिएको छ ।

क्यापिटलका अनुसार लिवर्टीको शेयर ९४ हजार ९०४ आवेदकले १० कित्ता शेयर पाएका छन् । त्यसै गरी ४५ हजार ४८ आवेदकले २० कित्ता शेयर पाएकोमा ४८ हजार २२१ आवेदकले ३० कित्ता शेयर पाएका छन् । गोलाप्रथाबाट २५ हजार ६२० आवेदकले थप १० कित्ता शेयर पाएका छन् ।

३० कित्ता सम्मका सबै आवेदकलाई माग गरे जति शेयर बितरण गरएको छ । ३० कित्ताभन्दा माथिको संख्यामा शेयर माग गर्ने ३६ हजार ५५८ मध्ये २५ हजार ६२० आवेदकलाई थप १० कित्ता शेयर बितरण गरिने क्यापिटलले जनाएको छ ।

लिवर्टीको आईपीओमा कुल १ लाख ८८ हजार ४९९ वटा आवेदन परेको थियो । जसमा १२६ वटा आवेदन रद्ध भएकाले १ लाख ८८ हजार ३७३ आवेदकलाई मात्र शेयर बाँडफाँड प्रकृयामा सहभागि गराइने एनआईबिएल एस क्यापिटलले जनाएको छ ।

सामुहिक लगानी कोषका लागि छुट्याइएको १ लाख १२ हजार ५०० कित्ता शेयरमा आवेदन परेको छैन । उता कर्मचारीका लागि छुट्याइएको ४५ हजार कित्ता शेयरमा पनि ६ हजार १०० कित्ता शेयरमा मात्र आवेदन परेको छ । सामुहिक लगानी कोष र कर्मचारीले आवेदन नगरेको शेयर पनि सर्वसाधारणलाई बितरण गरिएको हो ।

यस अघि स्थानीयलाई निष्काशन गर्दा बिक्री हुन नसकेको शेयर समेत सर्वसाधारणमा निष्काशन गरि बाँडफाँडको गरिएको हो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 


Share on:


Comments