एक लाख ५८ हजार कित्ता बोनस शेयर सूचीकृत

✍️ नोटबजार संवाददाता।
काठमाण्डौं।
२९भाद्र, २०७७, सोमबार / Sep 14, 2020 18:05:pm

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सोमबार मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेड (MLBBL) को १ लाख ५८ हजार ७९२ दशमलव ४० कित्ता बोनस शेयर सूचीकृत भएको छ ।

सोमबार सूचीकृत भएसँगै लघुवित्तको उक्त बोनस शेयर साधारण सभाको बुकक्लोजको अघिल्लो दिनसम्म कायम रहेका लगानीकर्ताले मंगलबारदेखि दोस्रो बजारमा खरीद बिक्री गर्न सक्नेछन् ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि लघुवित्तले पुस १५ गते मंगलबार शेयर दाखिल खारेज बन्द गरेको थियो। यसअनुसार पुस १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीहरुले मात्र बोनस शेयर पाउनेछन् ।

लघुवित्तको २०७६ पुस २९ गते होटल राजदरबारको सभा हल, जनकपुरमा सम्पन्न एघारौँ वार्षिक साधारण सभाबाट उक्त (चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर) बोनस शेयर अनुमोदन भएको थियो ।

एक करोड ५८ लाख ७९ हजार २४० रुपैयाँ बोनस पश्चात लघुवित्तको चुक्ता पूँजी १२ करोड १७ लाख ४० हजार ८४२ रुपैयाँ कायम भएको छ ।


Share on:


Comments