सिबिआइएल क्यापिटलका दुई म्युचुअल फण्डको प्रतिफल घोषणा

-नोटबजार संवाददाता।
काठमाडौं।
३०भाद्र, २०७७, मंगलवार / Sep 15, 2020 11:19:am

सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिटिजन्स म्युचुअल फण्ड १ र सिटिजन्स म्युचुअल फण्ड २ ले गत आर्थिक वर्षको कमाईबाट इकाईधनाीलाई वितरण गर्ने प्रतिफल घोषणा गरेको छ।

सिबिआइएल क्यापिटल लिमिटेड अन्तर्गत संचालित सिटिजन्स म्युचुअल फण्ड १ ले कर सहित १५ प्रतिशत र सिटिजन्स म्युचुअल फण्ड २ ले कर सहित १० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेका हुन ।

सिटिजन्स म्युचुअल फण्ड १ ले १२ करोड ३० लाख रुपैयाँ तथा सिटिजन्स म्युचुअल फण्ड २ ले ५ करोड ६० लाख रुपैयाँ वितरण गर्नेछ ।

भदौ २९ गते योजना व्यवस्थापक बसेको सिबिआईएल क्यापिटल लिमिटेडको सञ्चालक समितिको बैठकले सो दरमा नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।


Share on:


Comments