नेपालमा ४० हजार ६३८ जनाले जिते कोरोना संक्रमण

✍️ नोटबजार संवाददाता।
काठमाण्डौं।
३०भाद्र, २०७७, मंगलवार / Sep 15, 2020 19:54:pm

नेपालमा कोरोना भाइरस संक्रमण भएकामध्ये मंगलबारसम्म ४० हजार बढीले संक्रमणलाई जितेर डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै एक हजार ६२ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा डा. जागेश्वर गौतमले नियमित प्रेस बिफ्रिङमा संक्रमितमध्ये ४० हजार ६३८ जना कोरोनामुक्त भएको बताए ।
यो संख्या कुल संक्रमितको ७१.५ प्रतिशत हो ।

नेपालमा पछिल्लो २४ घन्टामा एक हजार १३ पुरुष र ४४६ महिला गरी एक हजार ४५९ कोरोना सङ्क्रमित थपिएका छन् । योसँगै कोभिड १९ पुष्टि हुनेको कुल संख्या ५६ हजार ७८८ पुगेको छ । तीमध्ये सक्रिय संक्रमित १५ हजार ७७९ जना छन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।


Share on:


Comments