बैंकिङ समूहमा उछाल आउँदा ३० अंकले बढ्यो बजार, साढे ३ अर्ब बढीको कारोबार

-नोटबजार संवाददाता।
काठमाडौं।
१आश्विन, २०७७, बिहीबार / Sep 17, 2020 16:10:pm

साताको अन्तिम कारोबार दिनको शेयर काराबोरमा बैंकिङ समूहमा उछाल आएर नेप्से परिसूचक ३० अंकले बढ्दा साढे ३ अर्ब बढीको शेयर किनबेच भएको छ । बैंकिङ समूह २.३ प्रतिशतले उकालो लाग्दा नेप्से सूचक समेत २ प्रतिशतले बढेको हो ।

बिहीबारको बजारमा कारोबारमा आएका १२ उप-समूहका सूचक मध्ये निर्जीवन बीमा बाहेक बाँकी सबै उपसमूहको परिसूचक उच्च दरले बढेसँगै नेप्सेमा उछाल आएको हो ।

यसदिन नेप्से परिसूचक ३०.७८ अंक बढेर १५७२.१८ विन्दुमा पुगेको छ। यस दिन १९१ कम्पनीको ५३ हजार २४० पटकको कारोबारमा ३ अर्ब ७२ करोड ६८ लाख ८५ हजार रुपैयाँ बराबरको १ करोड ३२ लाख १६ हजार कित्ता शेयर खरिद बिक्री भएको छ।

वाणिज्य बैंकहरुसँगै लगानीकर्ताको ध्यान होटल र जलविद्युत कम्पनीका शेयर समेत देखिएको छ ।

आजको बजारमा वित्त कम्पनीहरुको शेयरमा पनि आकर्षण थपिएको छ ।

असोज १ गतेदेखि होटल व्यवसाय संचालनमा आएसँगै लगानीकर्ताहरु होटल कम्पनीका शेयरमा बढी आकर्षित भएका छन्।।

कारोबार रकमका आधारमा यस दिन नेपाल पुनर्बीमा कम्पनी , नेपाल बैंक तथा चिलिमे हाइड्रो अग्रपक्तिमा देखिएका छन् । नेपाल पुनर्बीमा कम्पनीको यस दिन १४ करोड ९८ लाख रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ । नेपाल बैंकको १२ करोड ६३ लाख रुपैयाँ बराबरको शेयर किनबेच हुदाँ चिलीमेको पनि १० करोड बढीको शेयर किनबेच भयो ।

यसदिन रिलायन्स लाइफ इन्स्योरेन्स, सोल्टी होटल, हिमाल दोलखा र तारागाँउ रिजेन्सी होटलको शेयर मूल्य दश प्रतिशतकादरले बढेको छ । यस्तै तीन दर्जन बढी कम्पनीको शेयरमूल्य ९ प्रतिशतका दरले बढेको छ। यसदिन सबैभन्दा धेरै एनआरएन लघुवित्तको शेयर मूल्य ६ प्रतिशत भन्दा धेरैले घटेको छ ।

Sub-Indices Current Points Change % Change  
Banking 1,249.37 28.07 2.3  
Trading 1,016.83 6.56 0.65  
Hotels 1,884.54 161.51 9.37  
Development Bank 1,837.96 66.04 3.73  
HydroPower 1,290.05 88.38 7.36  
Finance 726.85 41.95 6.13  
No Life Insurance 8,147.47 0.41 0.01  
Manu. & Pro. 3,066.17 13.32 0.44  
Others 1,020.69 8.69 0.86  
Microfinance 2,605.46 12.21 0.47  
Life Insurance 9,879.95 49.88 0.51  
Mutual Fund 10.97 0.11 1.03  
 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।


Share on:


Comments